आइतवार, चैत्र १५ २०७७
नेपाल वाइड
खोटाङ । चैत १५, खोटाङको केपिलासगढी गाउँपालिकाले अग्नी पिडित परिवारलाई राहत प्रदान गरेको छ । विद्युत सर्ट हुँदा गत चैत ६ गते भएको आगलागीबाट बिस्थापित भएका केपिलासगढी गाउँपालिका–३ बासपानी खोक्माका थामबहादुर राईलाई राहत स्वरुप पाल र नगद २० हजार प्रदान गरेको हो ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले अग्नी पिडित राईलाई जलेको घरमा पुगेर राहत प्रदान गरेका हुन् । गाउँपालिकाकी उपाध्यक्ष हिरादेबी वन, खकलुङ युनाइटेड क्लवका सचिव प्रताप राई, कोषाध्यक्ष रमेश राई लगायतको उपस्थितिमा अग्नी पिडितलाई राहत प्रदान गरिएको हो ।
राईको घर तथा घरमा भएका अन्न, भाँडाकुँडा, काठ लगायत जल्दा अन्दाजी ७ लाख ५० हजार बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ । उनको घरमा राखिएको राईको घरमा राखिएको सयपत्री आमा समुहको मारुनी नाच समुहको १०१ वटा थाल, आरी, किट्ली लगायतका मालसामान जलेको थियो ।
यस्तै, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर पोक्लुका अग्नी पिडित हर्कबहादुर राईलाई स्वेच्छिक चन्दा संकलन गरेर राहत प्रदान गरिएको छ । गत चैत १३ गते दिक्तेलमा बसेको एमाले जिल्ला कमिटिको बैठकमा सहभागी नेता तथा कार्यकर्ताबाट २३ हजार ७६५ रुपैयाँ संकलन गरेर राईलाई प्रदान गरिएको हो ।
३४ जना दाताबाट संकलन गरिएको राहत रकम एमाले नेता बज्रकुमार राईको हातबाट पिडितलाई प्रदान गरिएको छ । युवा नेता माईतीराज राईको अगुवाईमा अग्नी पिडितको सहयोगार्थ सहयोग संकलन अभियान चलाइएको थियो । चैत १२ गते भएको आगलागीबाट राई परिवार बिस्थापित भएका हुन् ।
