Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    घाँटीमा मासु अड्किएर वडाअध्यक्षको मृत्यु

    घाँटीमा मासु अड्किएर वडाअध्यक्षको मृत्यु


    • शनिवार, चैत्र १४ २०७७

    • नेपाल वाइड


    घाँटीमा मासु अड्किएर वडाअध्यक्षको मृत्यु
    सांकेतिक तस्बिर

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो ।

    “घाटीमा मासु अड्केर बेहोस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “उपचारका क्रममा राति मृत्यु भयो ।” उनको शव परीक्षणपछि मृत्युबारे विस्तृत जानकारी हुने समेत बताए । शव महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित समाचार