Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटेहाङमा बजार अनुगमन, गुज्रेका उपभोग्य सामग्री जफत

    खोटेहाङमा बजार अनुगमन, गुज्रेका उपभोग्य सामग्री जफत


    • शुक्रवार, चैत्र १३ २०७७

    • नेपाल वाइड


    खोटेहाङमा बजार अनुगमन, गुज्रेका उपभोग्य सामग्री जफत
    खोटाङबजारमा फेला परेको म्याद नाघेका सामग्री जलाउँदै अनुगमन टोली । तस्बिर सौजन्य : योगेश श्रेष्ठ

    खोटाङ । चैत १३, खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २१ हजार भन्दा बढि मूल्यको म्याद गुज्रेका उपभोग्य सामग्री जफत गरिएको छ । शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, खोटेहाङ गाउँपालिका, ईलाका प्रहरी कार्यालय खोटाङबजार, उद्योग बाणिज्य संघ खोटाङबजार, सरोकारवाला लगायतको संयुक्त टोलीले गरेको अनुगमनकाक्रममा खोटाङबजारका विभिन्न खाद्य सामग्री लगायतका पसलबाट २१ हजार ८७५ रुपैयाँ बराबरको म्याद गुज्रेका उपभोग्य सामग्री जफत गरेको हो ।

    बजार अनुगमनकाक्रममा ७ हजार ५० मूल्य बराबरको चियापत्ती, ४ हजार ५ सय मूल्य बराबरको ९० पिस थोक्पा, ४ हजार ८० रुपैयाँ बराबरको स्याम्पु, २ हजार ८ सयको ७ पिस हर्लिक्स, १ हजार ८ सय मूल्यको सव्जी मसला, १ हजार ३५० बराबरको १५ प्याकेट चिउरा, १६० रुपैयाँको पेप्सी र १३५ रुपैयाँको चाउचाउ जफत गरिएको अनुगमन टोलीले जनाएको छ ।

    जफत गरिएका म्याद गुज्रेका उपभोग्य सामग्री ईलाका प्रहरी कार्यालय खोटाङबजार नजिकै जलाएर नष्ट गरिएको बजार अनुगमनमा खटिएका गाउँपालिकाका आन्तरिक लेखा परिक्षक योगेश श्रेष्ठले जानकारी दिए । म्याद गुज्रेको अवस्थामा फेला परेपछि जफत गरिएका सामग्री खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँल, वाप्लुखाका वडाध्यक्ष दिपेन राई, घरेलु तथा साना उद्योगका प्रमुख भेषराज खत्री लगायतको उपस्थितिमा नष्ट गरिएको हो ।

     

    सम्बन्धित समाचार