Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    ज्येष्ठ नागरिकका लागि आँखा जाँच शिबिर, शल्यक्रीया गर्नुपर्ने १३ बिरामी पहिचान

    ज्येष्ठ नागरिकका लागि आँखा जाँच शिबिर, शल्यक्रीया गर्नुपर्ने १३ बिरामी पहिचान

    दुई स्थानमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर

    • शुक्रवार, चैत्र १३ २०७७

    • नेपाल वाइड


    ज्येष्ठ नागरिकका लागि आँखा जाँच शिबिर, शल्यक्रीया गर्नुपर्ने १३ बिरामी पहिचान
    बोकेर आँखा जाँच शिबिरमा ल्याइएकी बृद्धा । तस्बिर सौजन्य : सर्मिला बिश्वकर्मा

    खोटाङ । चैत १३, नेत्र ज्योती दिवस तथा नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवशरमा खोटाङमा ज्येष्ठ नागरिकका लागि आँखा जाँच शिबिर सञ्चालन गरिएको छ । ४२ औं नेत्र ज्योती दिवस तथा पत्रकार महासंघको ६६ औं स्थापना दिवसको अवशरमा शुक्रबार आँखा उपचार केन्द्र दिक्तेलमा ज्येष्ठ नागरिकका लागि आँखा जाँच शिबिर सञ्चालन गरिएको हो । 

    शिबिरमा ४२ जना ज्येष्ठ नागरिकको आँखाको जाँच गर्नुका साथै १८ जनालाई औषधि वितरण गरिएको नेपाल नेत्र ज्योती संघ खोटाङका सभापति ईन्द्र कसजूले बताए । शिबिरमा शल्यक्रीया गर्नुपर्ने १३ जना आँखाका बिरामीको पहिचान गरिएको छ ।

    शल्यक्रीया गर्नुपर्ने गरी पहिचान गरिएका आँखाका बिरामीलाई आगामी चैत २६ देखि २८ गतेसम्म आँखा उपचार केन्द्र दिक्तेलमा सञ्चालन हुने निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिरमा शल्यक्रीयका लागि बोलाइएको नेपाल नेत्र ज्योती संघका सभापति कसजूले बताए । नेपाल नेत्र ज्योती संघ र नेपाल पत्रकार महासंघको आयोजना, ज्येष्ठ नागरिक संघको व्यवस्थापन एबं आँखा उपचार केन्द्रको प्राविधि सहयोगमा ज्येष्ठ नागरिकका लागि आँखा जाँच शिबिर सञ्चालन गरिएको हो ।

    दुई स्थानमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर

    आँखाका बिरामीलाई लक्ष्यीत गर्दै खोटाङको दिक्तेल र हरमटारमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिरको तयारी गरिएको छ । आँखाका विभिन्न समस्याबाट पिडित भएका बिरामीको उपचारका लागि आँखा उपचार केन्द्र दिक्तेल र रावाबेँसी गाउँपालिकाको केन्द्र कुभिन्डे हरमटारमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर सञ्चालन गर्ने तयारी गरिएको हो ।

    हरमटारमा आगामी चैत २१ गतेदेखि २३ गतेसम्म र आँखा उपचार केन्द्र दिक्तेलमा चैत २६ देखि २८ गतेसम्म निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर सञ्चालनको तयारी गरिएको नेपाल नेत्र ज्योती संघ खोटाङका सभापति कसजूले बताए ।
    पाट्नर्स फर इक्विटीको वित्तीय सहयोग, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग एबं सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योती संघले आँखा उपचार शिबिरको तयारी थालेको हो ।

    दुई स्थानमा सञ्चालन हुने शिबिरमा कम्तीमा दुई सय जनाको आँखाको शल्यक्रीया गर्ने लक्ष्य राखिएको नेपाल नेत्र ज्योती संघका सभापति कसजूले बताए । शिबिरमा आँखाका बिरामीलाई औषधि तथा निःशुल्क औषधि वितरण गरिने जानकारी दिइएको छ ।

    सम्बन्धित समाचार