Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ सावाकटहरेका अग्नी पिडित परिवारलाई राहत

    खोटाङ सावाकटहरेका अग्नी पिडित परिवारलाई राहत


    • बिहिवार, चैत्र १२ २०७७

    • नेपाल वाइड


    खोटाङ सावाकटहरेका अग्नी पिडित परिवारलाई राहत
    अग्नी पिडितलाई राहत प्रदान गर्दै वडाध्यक्ष राजकुमार राई ।

    खोटाङ । चैत १२, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नी पिडित परिवारलाई राहत प्रदान गरेको छ । गत फागुन ६ गते भएको आगलागीबाट बिस्थापित भएका खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका पर्शुराम राईलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले १० हजार राहत प्रदान गरेको हो ।

    अग्नी पिडित पर्शुरामकी श्रीमती अम्बरी राईलाई वडाध्यक्ष राजकुमार राईमार्फत राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए । आगलागीमा राईको अन्न, लत्ताकपडा, भाँडाकुँडा, सुनचाँदी लगायतका धनमाल नष्ट भएको थियो ।

    खोटाङ समाज हङकङले स्थापना गरेको कोषले आगलागीबाट विस्थापित भएका राई परिवारको सहज जीवनयापनका लागि राहत प्रदान गरेको जनाएको छ । प्राकृतिक विपत्तीमा परेका जिल्लाबासीको सहयोगार्थ हङकङमा बसिरहेका खोटाङ्गेको अगुवाईमा २०७२ सालमा कोष स्थापना गरिएको हो ।

    २० लाखबाट सुरु गरिएको कोषको मुल धन यस वर्षदेखि २८ लाख पुगेको छ । कोषको वार्षिक रुपमा आउने व्याजबाट जिल्लाका विपत्तीमा परेका नागरिकलाई राहत प्रदान गर्ने गरिएको कोषाध्यक्ष किरातले बताए ।

    सम्बन्धित समाचार