Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपा माओबादी केन्द्र खोटाङको कार्यालय पुःर्नस्थापना

    नेकपा माओबादी केन्द्र खोटाङको कार्यालय पुःर्नस्थापना


    • बिहिवार, चैत्र १२ २०७७

    • नेपाल वाइड


    नेकपा माओबादी केन्द्र खोटाङको कार्यालय पुःर्नस्थापना
    पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबं प्रदेश सांसद रामकुमार राई पासाङ । तस्बिर : नेपालवाइड

    खोटाङ । चैत १२, सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएको केही समयपछि खोटाङमा नेकपा माओबादी केन्द्रले आफ्नो कार्यालय पुःर्नस्थापना गरेको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओबादी केन्द्र व्यूँताइदिएको तीन हप्तापछि नेकपा माओबादी केन्द्रले बिहिबार दिक्तेलको भवनगैरामा आफ्नो कार्यालय पुःर्नस्थापना गरेको हो । भवनगैरामा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबं प्रदेश सांसद रामकुमार राई पासाङले पार्टी कार्यालय उद्घाटन गरेका थिए ।
    नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबं संविधानसभा सदस्य समिता कार्की अस्मिता, केन्द्रिय सदस्य एबं संविधानसभा सदस्य दुर्गाजयन्ती राई, प्रदेश कमिटि सदस्य ध्रुव बुढाथोकी धिरेन, सुरेश राई, जिल्ला कमिटि अध्यक्ष देवान किराती पृथ्वी, कार्यालय सदस्य दिपक पाण्डे आकाश, कार्यालय सदस्य जीवन राई संगीन लगायतको उपस्थितिमा कार्यालय पुःर्नस्थापना गरिएको हो ।

    पार्टी कार्यालय पुःर्नस्थापनाका क्रममा जिल्ला सचिवालय सदस्य, जिल्ला कमिटि सदस्य, जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । उद्घाटन लगत्तै पार्टी कार्यालयमा भएको संक्षिप्त पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला कमिटि अध्यक्ष किरातीले एक महिनाभित्र जिल्लाका १० वटै पालिकामा पुगेर संगठन बिस्तार एबं पार्टी कमिटि पुःर्नगठनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

    साविकको एमाले र माओबादी केन्द्र मिलाएर नेपाल कम्यूष्टि पार्टी (नेकपा)को १४७ सदस्यीय जिल्ला कमिटि गठन गर्ने क्रममा समावेश गरिएको ६० जनालाई नै माओबादी केन्द्रको जिल्ला कमिटि मानिएको जानकारी दिइएको छ । नेकपा माओबादी केन्द्रले जिल्लाका १० पालिकाको संयोजक पनि तोकेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिसन राई, हलेसी तुवाचुङ नगरपालिकामा गोपाल दाहाल, ऐसेलुखर्क गाउँपालिकामा रमेश राजभण्डारी, केपीलासगढी गाउँपालिकामा रामकाजी राई, खोटेहाङ गाउँपालिकामा इन्द्र नारथुंगे, जन्तेढुंगा गाउँपालिकामा बद्री राई, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा राजेन्द्र राई, साकेला गाउँपालिकामा मोहन खत्री, बराहपोखरी गाउँपालिकामा ताराकान्त राई र रावाबेँसी गाउँपालिकामा राजन मगरलाई संयोजक तोकिएको माओबादी केन्द्रले जनाएको छ ।

    नेपाल कम्यूष्टि पार्टी (नेकपा) गठनकाक्रममा भागवण्डामा अध्यक्ष वा सचिवको जिम्मेवारी दिइएका नेतालाई नै पार्टीको संयोजक बनाइएको नेकपा माओबादी केन्द्रका जिल्ला कमिटि अध्यक्ष किरातीले बताए । नेकपा एमालेले भने फागुन २५ गते पुष्पलाल स्मृति भवनमा राखिएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर एमालेको बोर्ड राखिसकेको छ ।

    सम्बन्धित समाचार