Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    गाउँपालिका अध्यक्ष राईले भने, ‘मैले कसैलाई धम्कीपूर्ण अभिव्यक्ती दिएको छैन’

    गाउँपालिका अध्यक्ष राईले भने, ‘मैले कसैलाई धम्कीपूर्ण अभिव्यक्ती दिएको छैन’


    • बिहिवार, चैत्र १२ २०७७

    • नेपाल वाइड


    गाउँपालिका अध्यक्ष राईले भने, ‘मैले कसैलाई धम्कीपूर्ण अभिव्यक्ती दिएको छैन’
    जन्तेढुंगा गाउँपालिकाको कार्यालय

    खोटाङ । चैत ११, खोटाङको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले ढल तथा खानेपानी व्यवस्थापन योजनाको विषयमा कोही कसैलाई धम्की दिने र गालीगलौज गर्ने कार्य नगरेको बताएका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारको ढल तथा खानेपानी व्यवस्थापन समितिको चैत ६ गतेको बैठक लगत्तै गाउँपालिका अध्यक्ष राईले चिसापानीको बिपीचोकमा टिकाप्रसाद रेग्मीलाई सार्वजनिकस्थलमा धम्की सहित गालीगलौज गरेको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर २ खोटाङका सभापति तिर्थराज भट्टराई, कांग्रेसको जन्तेढुंगा गाउँपालिकाका स्थानीय छायाँ सरकार अध्यक्ष खेमबहादुर खड्का, कांग्रेसका जन्तेढुंगा गाउँपालिका उपसभापति बाजिन्द्र बिष्ट, नेकपा माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य एबं जन्तेढुंगा गाउँपालिका कमिटिका सह–ईन्चार्ज बिरबल किराती र जनता समाजवादीका प्रदेश सदस्य देवेन्द्र श्रेष्ठले विज्ञाप्ती जारी गर्दै विरोध जनाएपछि गाउँपालिकाका प्रवक्ता शुखदेव राईले बुधबार विज्ञाप्तीमार्फत धम्कीपूर्ण अभिव्यक्ती दिने, हप्काउने र गाली बेइज्जत गर्ने कार्य नभएको दावी गरेका हुन् ।

    आफ्नो ओहोदा, मर्यादा र कर्तव्यबाट च्यूत हुँदै बहुलट्ठीपन, सत्ता उन्माद र अकर्मण्यतापूर्ण चरित्र देखाएको आक्षेप लागेको भोलीपल्टै गाउँपालिका अध्यक्ष राईले प्रवक्तामार्फत आरोपको खण्डन गरेका हुन् । विभिन्न राजनैतिक दलको नाममा गाउँपालिका अध्यक्षको बदनाम गराउने उद्धेश्यले षडयन्त्रपुर्वक जारी गरिएको विज्ञाप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रवक्ता राईले भ्रमपूर्ण प्रचारको पछाडि नलाग्न अनुरोध गरेका छन् ।

    आग्रह पुर्वाग्रह बिना गाउँपालिका अध्यक्षको नेतृत्वमा विकासको गति अघि बढिरहेको देखेर बदनाम गराउने नियतले प्रचारबाजी भइरहेको गाउँपालिका प्रवक्ताको विज्ञाप्तीमा उल्लेख छ । ‘गाउँपालिका अध्यक्षले कोही कसैलाई पनि धम्कीपूर्ण अभिव्यक्ती दिने, हप्काउने, गाली बेइज्जत गर्ने कुनै प्रकारको कार्य नगरेको व्यहोरा अवगत गराउन चाहन्छौँ,’ विज्ञाप्तीमा भनिएको छ, ‘आग्रह पुर्वाग्रह बिना विकासको गति तिव्र अघि बढिरहेको देखेर गाउँपालिका अध्यक्षलाई बदनाम गराउने नियतले विभिन्न प्रचारबाजी भइरहेकाले यस्ता प्रकारका भ्रमपूर्ण प्रचार पछाडि नलाग्न अनुरोध गर्दछौँ ।’ विज्ञाप्तीमा पालिकाको विकास र संवृद्धिमा लागिरहने र पारदर्शी हिसावले आफ्ना गतिविधि अगाडि बढाइरहने प्रतिवद्धता गरिएको उल्लेख छ ।

    चिसापानीको बिपीचोकमा रेग्मीलाई गालीगलौज गरिएको विषयमा क्षेत्रीय सभापति भट्टराई, छायाँ सरकार अध्यक्ष खड्काले एकल तथा कांग्रेसका जन्तेढुंगा गाउँपालिका उपसभापति बिष्ट, नेकपा माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य एबं जन्तेढुंगा गाउँपालिका कमिटिका सह–ईन्चार्ज किराती र जनता समाजवादीका प्रदेश सदस्य श्रेष्ठले मंगलबार संयुक्त विज्ञाप्ती जारी गरेका थिए ।

    बिपी चोकमा एक जना परिचितसँग बैठकको समिक्षा गरिरहेको अवस्थामा गाउँपालिका अध्यक्षले गालीगलौज गरेको रेग्मीको दावी छ । गाउँपालिका अध्यक्ष राईले भने बैठकमा हस्ताक्षर गरेर बाहिर निस्केपछि चोक–चोकमा तथानाम गालीगरिरहेको पाइएकाले हप्काएको बताए । विपक्षी दलको विज्ञाप्तीमा सार्वजनिकस्थलमा गालीगलौज गरेका गाउँपालिका अध्यक्षले माफी माग्नु पर्नेदेखि विभिन्न योजनाको हिसाव किताव स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

    सम्बन्धित समाचार