Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    स्वास्थ्यचौकी खाल्लेको भवन शिलान्यास

    स्वास्थ्यचौकी खाल्लेको भवन शिलान्यास


    • मंगलवार, चैत्र १० २०७७

    • नेपाल वाइड


    स्वास्थ्यचौकी खाल्लेको भवन शिलान्यास
    स्वास्थ्यचौकीको भवन शिलान्यास गर्दै जग्गादाता एबं ज्येष्ठ नागरिक गोबिन्दप्रसाद भण्डारी । तस्बिर सौजन्य :

    खोटाङ । चैत १०, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित स्वास्थ्यचौकीको भवन शिलान्यास गरिएको छ । हाल २८ वर्षअघि निर्माण गरिएको पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्यचौकीको भवन सोमबार जग्गादाता एबं ज्येष्ठ नागरिक गोबिन्दप्रसाद भण्डारीले शिलान्यास गरेका हुन् ।

    अगामी १५ महिनाभित्र स्वास्थ्यचौकीको भवन निर्माणको काम सम्पन्न गर्नेगरी थोदुङ/शिब खिम्ती जेभीले गत फागुन ११ गते ठेक्का सम्झौता गरेको हो । स्वास्थ्यचौकीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपलव्ध गराएको २८ लाखमा तीन कोठे भवन निर्माणको काम अन्तिम चरणमा पुगेको अवस्थामा खाल्लेमा पुःननिर्माण प्राधिकरण ओखलढुंगाको बजेटमा अर्को भवन निर्माण गर्न लागिएको हो ।

    पुरानो भवनबाट सेवा प्रवाह गर्दैआएको स्वास्थ्यचौकीलाई स्थानीय स्थानीय मोतीप्रसाद अधिकारी, गोबिन्द भण्डारी, लिलानाथ भण्डारी र बोलनादेबी भण्डारीले ५ रोपनी २ आना जग्गा प्रदान गरेपछि दुई तले भवन निर्माणको काम अघि बढाइएको हो । भवनको भुई तलामा कार्यालय प्रयोजनका लागि चार कोठा र दोश्रो तलामा कर्मचारीको आवास रहने स्वास्थ्यचौकीका ईन्चार्ज हेल्थ असिस्टेन्ट सन्तोष भट्टराईले बताए ।

    थोदुङ/शिब खिम्ती जेभीले ६ करोड ५९ लाख ८ हजार ९७८ रुपैयाँमा स्वास्थ्यचौकी खाल्ले, बासपानी, जलेश्वरी र बाकाचोलको भवन निर्माण गर्ने ठेक्का लिएको हो । जग्गा अभाव नहुँदा स्वास्थ्यचौकीको भवन निर्माणको काम अघि बढ्न नसकिरहेको अवस्थामा हेल्थ असिस्टेन्ट भट्टराईकै पहलमा स्वास्थ्यचौकीका लागि निःशुल्क जग्गा जुटाइएको हो ।

    स्वास्थ्यचौकी खाल्लेले २०४९ सालमा निर्माण गरिएको जिर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको अवस्थामा केही समय अघि जीर्ण भवन मर्मत गरिएको हो । तत्कालिन गाबिस अध्यक्षमा निर्वाचित राजकुमार राईको पहलमा निर्माण गरिएको तीन कोठे भवन जिर्ण हुँदा स्वास्थ्य सेवा प्रवाह कठिन भइरहेको थियो । सो तीन कोठे जीर्ण भवन मर्मतका क्रममा दुई कोठा बनाइएको भट्टराईले बताए ।


    सम्बन्धित समाचार