Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    आयुर्वेद स्वास्थ्य केन्द खोटाङको सुविधा सम्पन्न भवन निर्माण

    आयुर्वेद स्वास्थ्य केन्द खोटाङको सुविधा सम्पन्न भवन निर्माण

    सम्झौता म्याद भन्दा दुई महिना अगावै निर्माण सम्पन्न गरेको आयुर्वेद औषधालय भवन मंगलबार हस्तान्तरण

    • मंगलवार, चैत्र १० २०७७

    • नेपाल वाइड


    आयुर्वेद स्वास्थ्य केन्द खोटाङको सुविधा सम्पन्न भवन निर्माण
    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको नवनिर्मित भवन । तस्बिर : नेपालवाइड

    खोटाङ । चैत १०, खोटाङमा स्थापना भएको झण्डै २० वर्षपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आफ्नै भवन बनेको छ । २०५७ सालमा दिक्तेलमा स्थापना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रको आयुर्वेद औषधालय भवन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्य गाउँमा निर्माण गरिएको हो ।

    स्थापना कालदेखि भाडाको कोठाबाट सेवा प्रवाह गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको २५ कोठा भएको सुविधा सम्पन्न तीन तले भवन शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना ओखढुंगाको ७ करोड ३६ लाख २१ हजार १६९ रुपैयाँमा निर्माण गरिएको हो । प्रतिष्ठा कन्ट्रक्सन प्रालि काठ्माण्डौंले सम्झौता म्याद भन्दा दुई महिना अगावै निर्माण सम्पन्न गरेको आयुर्वेद औषधालय भवन मंगलबार हस्तान्तरण गरिएको छ ।

    building for ayurbed photo_daman1.jpg

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण गर्दै भवन निर्माण आयोजना ओखढुंगाका इन्जिनियर बिनोद सिं । तस्बिर : नेपालवाइड

    सघन शहरी तथा भवन निर्माण आयोजना ओखढुंगाका इन्जिनियर बिनोद सिंले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख अजयकुमार झालाई लिखितरुपमा भवन हस्तान्तरण गरेका छन् । सोही कार्यक्रममा प्रतिष्ठा कन्ट्रक्सन प्रालिका प्रतिनिधि भिषण राईले भवनको चाँबी आयुर्वेद स्वास्थ्य केन्द्रलाई सुम्पिएका छन् ।

    हस्तान्तरण लगत्तै आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले रिवन काटेर आयुर्वेद औषधालयको भवन उद्घाटन गरेका छन् । जिल्लामा हालसम्म बनेका भवनमध्ये आयुर्वेद स्वास्थ्य केन्द्रको भवन सम्भवः सवैभन्दा ठूलो दावी गरिएको छ ।

    आगामी २०७८ साल जेठ १६ गतेसम्म म्याद रहेको आयुर्वेद औषधालय भवन निर्माणका लागि निर्माण व्यवसायीले २०७६ साल जेठ १६ गते सम्झौता गरेको थियो । आयुर्वेद औषधालयको प्रशासनिक कक्ष, आयुर्वेद सेवा र कर्मचारी क्वाटर सहितको भवन निर्माण गरिएको सघन शहरी तथा भवन निर्माण आयोजना ओखढुंगाका इन्जिनियर सिंले बताए ।

    प्रशासनिक कक्षमा प्रशासन, लेखा, कार्यालय प्रमुख लगायतको कार्यकक्ष बनाइएको छ । कोभिड–१९ को महामारीका बिचमा पनि निर्माण व्यवसायीले सम्झौता म्याद अगावै भवन निर्माणको काम पुरा गरेको हो । स्थानीयले निःशुल्क जग्गा प्रदान गरेपछि आयुर्वेद औषधालय भवन निर्माण गरिएको हो ।

    building for ayurbed photo_daman2.jpg

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ । तस्बिर : नेपालवाइड

    सम्बन्धित समाचार