Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    राष्ट्रपति भण्डारी र बङ्गलादेशकी प्रधानमन्त्री हसिनाबीच शिष्टाचार भेटवार्ता

    राष्ट्रपति भण्डारी र बङ्गलादेशकी प्रधानमन्त्री हसिनाबीच शिष्टाचार भेटवार्ता


    • सोमवार, चैत्र ९ २०७७

    • नेपाल वाइड


    राष्ट्रपति भण्डारी र बङ्गलादेशकी प्रधानमन्त्री हसिनाबीच शिष्टाचार भेटवार्ता

    काठमाडौँ । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आजै बंगलादेश पुगेकी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री हसिनाबीच राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा भेटवार्ता भएको हो ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा.एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।

    आजै यहाँका विदेशमन्त्री डा. मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज ढाका पुगेकी हुन् ।

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट ढाका पुगेकी राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    सम्बन्धित समाचार