Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि बङ्गलादेश प्रस्थान

    राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि बङ्गलादेश प्रस्थान


    • सोमवार, चैत्र ९ २०७७

    • नेपाल वाइड


    राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि बङ्गलादेश प्रस्थान
    राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि बङ्गलादेश प्रस्थान गर्दै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिने राजकीय भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकी छिन्। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ गएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायत उच्च पदस्थ अधिकारीले विदाई गरेका थिए ।

    नेपाल वायु सेवा निगमको विमानबाट बंगलादेश गएकी राष्ट्रपति भण्डारी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछिन् । राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका समकक्षी अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रले स्वागत गर्नेछन् । राष्ट्रपति भण्डारी त्यहाँ राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा जान लागेकी हुन् ।

    राष्ट्रपति भण्डारीले समकक्षी हमिदसँग दुई पक्षीय भेटवार्ता गर्नुहुनेछ भने प्रधानमन्त्री शेख हसिना लगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    सम्बन्धित समाचार