Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    पत्रकार र आयोजक भेट्रान टिमबिच मैत्रीपूर्ण खेल

    जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको फाईनल खेल आज हुँदै

    जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको फाईनल खेल आज हुँदै

    बाहुनीडाँडा फुटबल क्लव र युवा जागरण स्पोर्टस् क्लव बिच प्रतिष्पर्धा हुने

    • सोमवार, चैत्र ९ २०७७

    • नेपाल वाइड


    जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको फाईनल खेल आज हुँदै
    सेमीफाईनलमा नेर्पा स्पोर्टस् क्लव (सेतो) र युवा जागरण स्पोर्टस् क्लवका खेलाडी । तस्बिर : नेपालवाइड डटकम

    खोटाङ । चैत ८, खोटाङको दिक्तेलमा जारी जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको फाईनल खेल आज हुँदै छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान, खोटाङ फुटवल एकेडेमीको अभियान’ भन्ने नाराका साथ खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करणको विजेता र उपविजेताका लागि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बाहुनीडाँडा फुटबल क्लव र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित युवा जागरण स्पोर्टस् क्लव बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

    फाईनल खेल दिक्तेलको माटिकोरे खेलमैदानमा दिउँसो साँढे १२ बजेपछि सुरु हुने आयोजक खोटाङ फुटवल एकेडेमीका अध्यक्ष नुरकाजी सैजुले बताए । प्रतियोगीतामा आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए) र नेर्पा स्पोर्टस् क्लव सेमीफाईनलिष्ट बनेको छ । प्रतियोगीताको फाईनल खेल अगाडि पत्रकार र आयोजक भेट्रान टिमबिच मैत्रीपूर्ण खेल हुने छ ।

    प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ८८ हजार ८८८, दोश्रो स्थान प्राप्त गर्ने टिमले ४४ हजार ४४४ र दुई वटा सेमिफाइनलिस्ट टिमले प्रतिटिम २२ हजार २२२ का साथमा ट्रफि, मेडल र प्रमाण–पत्र पाउने खोटाङ फुटवल एकेडेमीले जनाएको छ । यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

    सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने खोटाङ फुटवल एकेडेमीका अध्यक्ष सैजुले बताए । प्रतियोगीतामा जिल्लाका १३ टिमको सहभागीता रहेको थियो । एकेडेमीले सहयोग उठाएरै जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको दोश्रो संस्करणको आयोजना गरेको हो ।

    अन्तर क्लब पुरुष फुटबल प्रतियोगीतामा जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको, दर्ता गरेको प्रमाण–पत्र भएको तथा वार्षिकरुपमा नवीकरण गरेको टिमलाई मात्र सहभागी गराइएको छ । प्रतियोगीता अखिल नेपाल फुटवल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले गत बुधबार उद्घाटन गरेका थिए ।

    प्रतियोगीता उद्घाटनका क्रममा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिं, चर्चित फुटबलर हरि खड्का लगायतको उपस्थिति रहेको थियो ।
    ‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारा सहित २०७३ सालमा स्थापना भएको एकेडेमीले २०७४ सालमा जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीताको पहिलो संस्करण आयोजना गरेको थियो ।

     

    सम्बन्धित समाचार