Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ व्यवसाय

    हलेसी मंगलटारमा ‘एक आमा एक बाख्रा’ कार्यक्रम

    हलेसी मंगलटारमा ‘एक आमा एक बाख्रा’ कार्यक्रम


    • आइतवार, चैत्र ८ २०७७

    • नेपाल वाइड


    हलेसी मंगलटारमा ‘एक आमा एक बाख्रा’ कार्यक्रम
    आमालाई बाख्रा वितरण गर्दै वडाध्यक्ष रमेश राउत लगायत । तस्बिर सौजन्य :

    खोटाङ । चैत ८, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा ‘एक आमा एक बाख्रा’ कार्यक्रम सुरु गरिएको छ । महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ वडा कार्यालय मंगलटारले ‘एक आमा एक बाख्रा’ कार्यक्रम लागू गरेको हो । महिलाको आयआर्जन शिर्षकमा बिनियोजन गरिएको २ लाख बजेटबाट महिलाहरुको रोजाई अनुसार बाख्रा र माउ पाल्ने सुँगुरको पाठी वितरण गरिएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए ।

    चालु आर्थिक वर्ष विनियोजित रकमबाट १० महिलालाई बाख्रा तथा २३ महिलालाई सँगुरको पाठो खरिद गरि शनिबार वितरण गरिएको छ । वडा कार्यालयको प्रोत्साहनमा स्थापना गरिएको मंगलटार महिला सहकारीमा महिलालाई आवद्ध गराउँदै आम्दानीमुखी बनाउने र नियमित बचतमा सघाउ पुर्‍याउने गरी बाख्रा तथा सुँगुरको पाठी वितरण गरिएको हो ।

    पशु पालनबाट घर खर्चको जोहो गर्दै सहकारीमा मासिक रुपमा नियमित बचत गर्न टेवा पुर्‍याउने लक्ष्यका साथ बाख्रा तथा सुँगुर वितरण गरिएको हो । विनियोजित रकमबाट महिला आवद्ध समितिले नै बाख्रा तथा सुँगुरको पाठी खरिद गरेर अन्य महिलालाई वितरण गरिएको हो । नगरपालिकाको अनुदानमा बंगुर फर्म सञ्चालन गरिरहेका स्थानीय रबिन्द्र राईले सुँगुरको पाठो तथा रमेश परियारले बाख्रा उपलव्ध गराएको वडाध्यक्ष राउतले बताए ।

    ३३ महिलालाई बाख्रा र सुँगुरको पाठो वितरण गर्दा केही रकम बचेको छ । बाँकी रहेको रकमबाट अझै चार/पाँच जना महिलालाई बाख्रा र सुँगुरको पाठी वितरण गर्न पुग्ने वडा कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा वडा कार्यालयले २७ जना महिलालाई बाख्रा र सुँगुरको पाठो वितरण गरेको थियो ।

    सम्बन्धित समाचार