Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ व्यवसाय

    खोटाङको खिदिमामा रेम्बो ट्राउट पालन

    खोटाङको खिदिमामा रेम्बो ट्राउट पालन


    • आइतवार, चैत्र ८ २०७७

    • नेपाल वाइड


    खोटाङको खिदिमामा रेम्बो ट्राउट पालन
    रेम्बो ट्राउट पालनका लागि खिदिमाको मखमलेमा निर्माण गरिएको रेस–वे । तस्बिर सौजन्य :

    खोटाङ । चैत ८, खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका स्थानीयले सामुहिकरुपमा रेम्बो ट्राउट पालन सुरु गरेका छन् । कृषि पर्यटनको नारा बोकेको गाउँपालिकाका किसानले ५० लाख १० हजारको लगानीमा खिदिमाको मखमलेमा रेम्बो ट्राउट पालन सुरु गरेका हुन् ।

    रेम्बो ट्राउट माछा, भुरा तथा रेम्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि श्रोतकेन्द्रको रुपमा विकास गर्दै आर्थिक आयआर्जन गर्ने लक्ष्यका साथ तावाहाङ रेम्बो ट्राउट कृषक समुहमा आवद्ध किसानले रेम्बो ट्राउट पालन सुरु गरेका हुन् । आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकार अन्तरगतको मत्स्र्य विकास निर्देशनालयको २५ लाख, वडा कार्यालयको ५ लाख, गाउँपालिकाको ४ लाख र तावाहाङ रेम्बो ट्राउट कृषक समुहको १६ लाख १० हजार लगानीमा रेम्बो ट्राउट पालन सुरु गरिएको हो ।

    रेम्बो ट्राउट पालनका लागि १९ वटा (रेस–वे) पोखरी र फिल्टर ट्यांक निर्माण गरेर शुक्रबार १० हजार भुरा हालिएको लगानीकर्ता निसन राईले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकको अध्ययन तथा भ्रमण गर्ने थलोका रुपमा बिकास गर्दै कृषि पर्यटनको विकासका लागि स्थानीयले रेम्बो ट्राउट पालन सुरु गरेका हुन् ।

    रेम्बो ट्राउट पालन गर्न इच्छुक स्थानीय किसानलाई सोसँग सम्वन्धित तालिम तथा दाना पनि उपलव्ध गराइने तावाहाङ रेम्बो ट्राउट कृषक समुहले जनाएको छ । नेपाल रेम्बो ट्राउट फिस फर्म ललितपुरबाट रेम्बो ट्राउटको भुरा ल्याएर पोखरीमा हालिएको गाउँपालिकाका कृषि शाखा संयोजक गणेश राईले बताउनुभयो ।

    रेम्बो ट्राउटका लागि स्थानीय डिलबहादुर राईको जग्गा खरिद गरिएको छ । ट्राउट पालनका लागि रामकृष्ण राईको संयोजकत्वमा ७ सदस्यीय सञ्चालक समिति बनेको छ । सोही समितिको समन्वयमा गाउँका अन्य स्थानीयले रेम्बो ट्राउट पालनमा शेयर लगानी गरेका छन् । नगद लगानी गर्न नसक्ने किसानले श्रम गरेर शेयर लगानी कायम गरेका छन् । पर्यटकीय स्थल तावाभञ्ज्याङ नजिकै रहेकाले रेम्बो ट्राउट फर्ममार्फत कृषि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताउनुभयो । 

    सम्बन्धित समाचार