शनिवार, चैत्र ७ २०७७
नेपाल वाइड
पाँचथर । चैत्र ७, नेपाली काग्रेसका नेता भिष्मराज आङदेम्बेले काग्रेंस मुलुकलाई निकास दिने सवालमा सधै अगाडी रहेको बताउनुभएको छ । शनिबार नेपाल शिक्षक संघ पाँचथर फिदिमको २२ औं जिल्ला सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा अनुसासन समितिका संयोजक आङदेम्बेले यस्तो बताउनुभएको हो ।
नेता आङदेम्बेले अहिलेको अवस्थामा काग्रेस सत्तामा जान हतार नभएको बताउदै उनले आवस्यक परे देशलाई राजनितिक निकास दिने बिषयमा तयार रहेको बताउनुभयो । नेता आङदेम्बेले भने ‘मुलुकमा बेरोजगारीको समस्याको समधान ब्यवसायीक र जिवन उपयोगी शिक्षाले मात्रै समाधान गर्छ । यसका लागि नेपाली कांग्रेस बाहेक अरुले पुरा गर्ने अवस्था छैन ।’ शिक्षक संघ पाँचथर फिदिमको २२ औं जिल्ला सभामा संघसँग आबद्ध जिल्लाभरका शिक्षकहरुको सहभागीता रहेको थियो ।