Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    दुर्घटना

    मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन जनाको मृत्यु

    मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन जनाको मृत्यु


    • शनिवार, चैत्र ७ २०७७

    • नेपाल वाइड


    मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन जनाको मृत्यु
    प्रतिकात्मक तस्बिर

    मनाङ । मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन जनाको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजे मनाङको नासो गाउँपालिका-३ खोत्रोमा सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खसेको नदीमा खसेको हो । प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार उकालो चढ्नेक्रममा अनियन्त्रित हुँदै ब्याक भएर खोलामा ट्रक खसेको हो ।

    ट्रक खस्दा तीन जनाको मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए । अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरूको उपचारका लागि एम्बुलेन्समार्फत लम्जुङ पठाइएको छ । डिएसपी खड्काका अनुसार ट्रक अन्दाजी १ सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको हो ।

    मृत्यु हुनेमा नासो गाउँपालिका ४ ओडार बस्ने ३५ वर्षीया मनिषा गुरूङ, ३६ वर्षीया लालकाशी गुरूङ र अन्दाजी ६/७ वर्षीय थिउन गुरूङ रहेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    सम्बन्धित समाचार