शनिवार, चैत्र ७ २०७७
नेपाल वाइड
खोटाङ । चैत ७, विद्युत सर्ट भएर आगलागी हुँदा खोटाङको केपिलासगढी गाउँपालिकामा साँढे सात लाख बराबरको धनमाल क्षती भएको छ । शुक्रबार दिउँसो विद्युत भएर आगलागी हुँदा केपिलासगढी गाउँपालिका–३ बासपानी खोक्माका थामबहादुर राईको घर जलेको हो । राईको घर तथा घरमा भएका अन्न, भाँडाकुँडा, काठ लगायत जल्दा अन्दाजी ७ लाख ५० हजार बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ ।
आगलागीमा राईको १३ मुरी धान, ३ मुरी कोदो, ५ मुरी मकै, २ बोरा चामल, भाडाँकुँडा लगायत जलेर नष्ट भएको छ । यस्तै, घर बनाउनका लागि राखेको १ लाख ३० हजार बराबरको काठ जलेको प्रहरीले जनाएको छ ।
आगलागीको जानकारी भए लगत्तै वडाध्यक्ष खगेन्द्र गुरुङ, ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी नायव निरिक्षक रामबहादुर मगर लगायत घट्नास्थल पुगेका थिए । राईको घरमा राखिएको सयपत्री आमा समुहको मारुनी नाच समुहको १०१ वटा थाल, आरी, किट्ली लगायतका मालसामान जलेको स्थानीय प्रताप राईले जानकारी दिए ।