Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    ग्रासरुटको फुटबल प्रशिक्षणका लागि हलेसी तुवाचुङ नगर र एन्फाबीच सम्झौता

    ग्रासरुटको फुटबल प्रशिक्षणका लागि हलेसी तुवाचुङ नगर र एन्फाबीच सम्झौता


    • शुक्रवार, चैत्र ६ २०७७

    • नेपाल वाइड


    ग्रासरुटको फुटबल प्रशिक्षणका लागि हलेसी तुवाचुङ नगर र एन्फाबीच सम्झौता
    ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रमका लागि गरिएको सहमति–पत्र सार्वजनिक गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, मेयर इवन राई लगायत तस्बिर सौजन्य : ईवन राई फेसबुक पेज

    खोटाङ । चैत ६, ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता गरेको छ । ११ वडा रहेको नगरपालिकाभित्रका विद्यालयमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि नगरपालिकाले एन्फासँग चार बुँदे सहमती गरेको हो ।

    फुटबलको व्यवसायीक विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ एन्फाको रणनितिक योजना अनुसार विद्यालयमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । आर्थिक वर्ष २०७६/०७७ देखि प्रशिक्षक नियुक्ती गरेर फुटबल र सितोरियो करातेको प्रशिक्षण सञ्चालन गरिरहेको नगरपालिकाले पुःन विद्यालय–विद्यालयमै ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको हो ।

    खोटाङ फुटबल एकेडेमी (केएफए)ले आयोजना गरेको जिल्ला अन्तर क्लब पुरुष फुटबल प्रतियोगीता उद्घाटनका लागि खोटाङको एन्फा अध्यक्ष शेर्पासँग नगरपालिकाले ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सहमती गरेको हो । सहमति–पत्रमा नगरपालिकाले नगरभित्र फुटबलको पुर्वाधारको विकास तथा निर्माण गर्नका लागि बजेटको व्यवस्था गरी नगरभित्रका खेल शिक्षक र छात्र/छात्रालाई प्रशिक्षणको वातावरण सिर्जना गर्ने, एन्फाले खेलकुद सामग्री र प्राविधिक सहयोग तथा अन्य कार्यक्रमको लागि वातावरण सिर्जना गर्ने उल्लेख छ ।

    halesi agreement 1 .jpg

    सहमति–पत्रमा हस्ताक्षरपछि फोटो खिचाउदै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, मेयर इवन राईलगायत तस्बिर सौजन्य : ईवन राई फेसबुक पेज

    यस्तै, खोटाङ फुटबल संघले नगरभित्रका विद्यालयसँग समन्वय गरी एन्फाको निति, नियम, योजना अनुसार कार्य र अनुगमन तथा निरिक्षण गरी कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने तथा ओम शिवशक्ति युवा समुह हलेसीले एन्फाको निति, नियम, निर्देशन अनुसार सम्वन्धित सबैसँग समन्वय गरी उक्त कार्यक्रम सञ्चालन गर्ने गराउने सहमती कायम भएको छ ।

    सहमपति–पत्रमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, मेयर इवन राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राई र ओम शिवशक्ति युवा समुहका अध्यक्ष नविन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सम्बन्धित समाचार