बिहिवार, चैत्र ५ २०७७
नेपाल वाइड
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिको सामना गर्न नेता कार्यकर्तालाई तयार भएर बस्न निर्देशन दिएका छन् । नेपाल–खनाल समूहले काठमाडौँमा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीबाट निकाल्न खोजे पनि आफूहरु अन्तिमसम्म लड्न तयार रहेको बताएका हुन् ।
नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध ‘भण्डाफोर गर्न’का लागि आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । ओलीविरुद्धको ‘भण्डाफोर’मा लाग्नुहोस् भन्दै उनले आवश्यक परेको खण्डमा पद त्याग गर्नका लागि पनि तयार रहन समेत निर्देशन दिए ।