Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाकाचोल वडा कार्यालयमा तेश्रो पल्ट ताला

    बाकाचोल वडा कार्यालयमा तेश्रो पल्ट ताला


    • बिहिवार, चैत्र ५ २०७७

    • नेपाल वाइड


    बाकाचोल वडा कार्यालयमा तेश्रो पल्ट ताला
    प्रतिकात्मक तस्बिर

    खोटाङ । चैत ५, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् । समन्वय नगरी वडाध्यक्ष सन्तबीर तामाङले बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्काम सडक उपभोक्ता समिति गठन गरिएको भन्दै असन्तुष्ट स्थानीयले वडा कार्यालयमा ताला लगाएका हुन् ।

    बाकाचोल बिस्खाम खोलाको पानी अन्यत्र लैजान बन्द गर्नु पर्ने र संसद विकास कोषबाट १० लाख विनियोजन भएको बादेल–बिस्खाम सडक निर्माण उपभोक्ता समिति पुःर्नगठन गर्नु पर्ने मागमा बुधबार वडा कार्यालयमा ताला लगाइएको स्थानीय नन्दकुमार तामाङले बताउनुभयो ।

    बाकाचोल वडा कार्यालयमा ताला लागेको यो तेश्रो पटक हो । वडाध्यक्षसँगको असमझदारीका कारण यसअघि २०७७ साल जेठ २८ गते र २०७६ साल पुस ७ गते वडा कार्यालयमा ताला लगाइएको थियो । आफ्नो माग सम्बोधन नभए वडा कार्यालयमा लगाइएको ताला नखोल्ने सम्पूर्ण बाकाचोलबासीको नाममा जारी प्रेस विज्ञाप्तीमा चेतावनी दिइएको छ ।

    वडाध्यक्षले मनपरी गरेको भन्दै असन्तुष्ट पक्षले बुधबार ४०५ जनाको हस्ताक्षर सहितको बिरोध–पत्र ऐसेलुखर्क गाउँपालिकालाई समेत बुझाएका छन् । छलफल नै नगरी बिस्काम खोलाको पानी ऐसेलुखर्कबजार लगायतका ठाउँमा लैजाने तयारी गरिएपछि स्थानीयको असन्तुष्टी देखिएको हो ।

    बिस्काम खोलाको पानी अन्यत्र लैजाँदा पर्ने प्रभाव र अशरलाई ध्यान नै नदिइ माथिल्लो खानेपानी आयोजना नाम दिएर खानेपानी आयोजना सञ्चालन गर्न लागिएको असन्तुष्ट स्थानीय तामाङले बताउनुभयो । वडा कार्यालयको भवन निर्माणकाक्रममा वडाध्यक्ष तामाङले आफुखुसी गरेको भन्दै चार वडा सदस्य एबं असन्तुष्ट स्थानीयले गत जेठ २८ गते वडा कार्यालयमा ताला लगाएका थिए ।

    यस्तै, वडाध्यक्ष तामाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै २०७६ साल पुस ७ गते वडासदस्य जयकुमार तामाङले वडा कार्यालयमा ताला लगाएका थिए । आगामी दिनमा वडाध्यक्षले योजना सञ्चालनका क्रममा एकलौटी नगर्ने, योजनाका विषयमा वडा सदस्यसँग पनि समन्वय गर्ने लगायतका सहमतीमा २०७६ साल पुस १४ गते वडाको ताला खुलाइए पनि आफुलाई सहज हुने व्यक्तीलाई राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति गठन गरिएको प्रेस विज्ञाप्तीमा उल्लेख छ ।

    वडाध्यक्ष तामाङले भने हलासम्म बिस्खाम खोलाको पानी अन्यत्र लैजानका लागि कसैलाई अनुमती नदिएको बताउनुभयो । वडाध्यक्ष तामाङले सम्वन्धित ठाउँकै स्थानीयलाई राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति बनाइएको दावी गर्नुभएको छ ।

    सम्बन्धित समाचार