Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अपराध

    खोटाङमा कुटपिटबाट एक पुरुषको मृत्यु, पाँच जना पक्राउ

    खोटाङमा कुटपिटबाट एक पुरुषको मृत्यु, पाँच जना पक्राउ


    • बिहिवार, चैत्र ५ २०७७

    • नेपाल वाइड


    खोटाङमा कुटपिटबाट एक पुरुषको मृत्यु, पाँच जना पक्राउ
    प्रतिकात्मक तस्बिर

    खोटाङ । चैत ५, खोटाङमा कुटपिटबाट एक पुरुषको मृत्यु भएपछि पाँच जना पक्राउ परेका छन् । कुटपिटबाट हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि चार महिला र एक पुरुष पक्राउ परेका हुन् ।

    चैत २ गते राती कुटपिट हुँदा गम्भीर घाईते भएका राईको उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजानेक्रममा चैत ३ गते मृत्यु भएपछि पाँच जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक दिनेशकुमार खरेलले बताए ।

    राती घरमा सुतिरहेकी ३४ वर्षकी महिलाको कोठामा प्रवेश गरेर छुन खोजेको भन्दै पुरुषमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक गोविन्द शाहले बताए । पक्राउ परेका पाँच जना विरुद्ध बुधबार म्याद थप गरिएको छ । अनुसन्धानपछि मात्र घट्नाको वास्तविकता बाहिर आउने प्रहरी निरिक्षक शाहले बताए ।

    यस्तै, खोटाङमा १४ वर्षीय बालिकासँग एउटै पासोमा झुण्डिनेक्रममा पुरुषको मृत्यु भएको छ । एउटै पासो प्रयोग गरेर झुण्डिनेक्रममा पुरुषको मृत्यु भएको हो । खुट्टाले भुई छोएकाले वालिका भने बाँचेकी छन् । वालिकाको गोप्यताका लागि प्रहरीले उनीहरुको नाम र ठेगाना सार्वजनिक गरेको छैन । मृतक पुरुष भने विवाहित भएको बताइएको छ ।

    सम्बन्धित समाचार