Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    फुटबल

    खोटाङ फुटबल संघको कार्यालय स्थापना

    खोटाङ फुटबल संघको कार्यालय स्थापना

    एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल संघको कार्यालय उद्घाटन

    • बुधवार, चैत्र ४ २०७७

    • नेपाल वाइड


    खोटाङ फुटबल संघको कार्यालय स्थापना
    फुटबल संघको कार्यालय उद्घाटन गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा । तस्बिर सौजन्य : विनोद तिरुवा

    खोटाङ । चैत ४, दिक्तेलमा खोटाङ फुटबल संघको कार्यालय स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा फुटबल संघको कार्यालय खोलिएको हो । नगरपालिकाको कार्यालय सञ्चालन गरिएको पुरानो स्थानमा बुधबार अखिल नेपाल फुटवल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल संघको कार्यालय उद्घाटन गरेका छन् ।

    जिल्ला फुटबल संघ स्थापना भएको चार वर्षपछि भाडाको कार्यालय स्थापना गरिएको हो । २०७३ सालमा स्थापना गरिएको फुटबल संघमा जिल्लाका १० वटा फुटबल क्लव आवद्ध छन् । जिल्ला फुटबल संघकै पहलमा खोटाङले अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थायी सदस्यता प्राप्त गरेको हो ।

    २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राईले बताए ।

    सम्बन्धित समाचार