Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    खोक्मामा बन्यो खेलमैदान, वडा कार्यालयले गर्‍यो फुटबल प्रतियोगीता

    खोक्मामा बन्यो खेलमैदान, वडा कार्यालयले गर्‍यो फुटबल प्रतियोगीता


    • मंगलवार, चैत्र ३ २०७७

    • नेपाल वाइड


    खोक्मामा बन्यो खेलमैदान, वडा कार्यालयले गर्‍यो फुटबल प्रतियोगीता
    गाउँपालिका अध्यक्ष कृष्णकुमार राईसँग तस्बिर खिचाउँदै विजेता खेलाडी

    खोटाङ । चैत ३, खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीस्थित खोक्मामा आयोजित अन्तर वडास्तरिय पुरुष फुटबल प्रतियोगीताको प्रथम उपाधि बाक्सिला (ए)ले चुमेको छ । वडा कार्यालय बासपानीले खोक्मामा नवनिर्मित खेलमैदानमा आयोजना गरेको फाईनल खेलमा बाक्सिला (बि)लाई हराउँदै बाक्सिला (ए)ले प्रथम उपाधि चुमेको हो ।

    हारसँगै बाक्सिला (बि)ले दोश्रो स्थान प्राप्त गरेको छ । मंगलबार सम्पन्न प्रतियोगीतामा बासपानी (ए)ले तेश्रो स्थान प्राप्त गरेको स्थानीय खोकलुङ यूनाइटेड क्लवका अध्यक्ष प्रतापसिं राईले जानकारी दिए ।

    प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त टिमलाई क्रमशः नगद ४० हजार, ३० हजार र २० हजारका साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । बिजेतालाई गाउँपालिका अध्यक्ष कृष्णकुमार राई, जसपा गाउँपालिका समितिका अध्यक्ष गुरुराज राई, राष्ट्रिय युवा संघ नेपाल खोटाङका संयोजक पवन श्रेष्ठ, केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका वडाध्यक्ष गणेश अधिकारी लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रम बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

    फुटबलको प्रवद्र्धनका लागि वडा कार्यालयले चैत १ गतेदेखि तीन दिने र वडास्तरिय पुरुष फुटबल प्रतियोगीता आयोजना गरेको हो । प्रदेशसभा सांसद राजन राईको निर्वाचन क्षेत्र विकास कोषबाट बिनियोजन गरिएको १० लाखमा खोक्मामा खेलमैदान निर्माण गरे लगत्तै फुटबल प्रतियोगीता आयोजना गरिएको हो ।

    स्थानीय महन राई, बिम्बा राई, जसबहादुर राई, स्वर्गीय कर्मध्वज राई र क्याप्टेन रामबहादुर राईले आवश्यक जग्गा प्रदान गरेपछि खोक्मामा कालिका प्रावि खोक्मा खेलमैदान निर्माण गरिएको हो । खेलमैदान फागुन १ गते गाउँपालिका अध्यक्ष राईले उद्धघाटन गरेका थिए ।

    करिव ६० मिटर लम्बाई र ४० मिटर चौडाई भएको खेलमैदान वनेपछि खेलप्रेमी उत्साहित देखिएका छन् । खेल मैदान निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गादातालाई फुटबल प्रतियोगीता समापनको अवरमा सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार