Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    सुदूरपश्चिम प्रदेशसभा बैठकमा विधेयक पेश

    सुदूरपश्चिम प्रदेशसभा बैठकमा विधेयक पेश


    • मंगलवार, चैत्र ३ २०७७

    • नेपाल वाइड


    सुदूरपश्चिम प्रदेशसभा बैठकमा विधेयक पेश

    कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेकयक २०७७’ पेश भएको छ । प्रदेशसभाको सामाजिक विकास समितिमा दफावार छलफल भई तयार पारिएको उक्त विधेयकको प्रतिवेदन समितिका सभापति कुन्ती जोशीले पेश गरेकी थिइन् ।

    बैठक प्रारम्भ हुनासाथ ढ्यापढ्यापे समय लिएर प्रदेशसभा सदस्य शान्ति नेपालीले कञ्चनपुरको वेदकोट नगरपालिका–५ का वडाध्यक्ष साङ्घातिक आक्रमणबाट घाइते हुनुभएको भन्दै आक्रमणकारीलाई कानूनबमोजिम कारवाही गर्न ध्यानाकर्षण गराइन् ।

    यसैबीच प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले साविकको, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँतिएको घटनाले प्रदेश सभाको बैठक सञ्चालनमा अहिलेसम्म त्यस्तो कुनै प्रभाव नपरेको बताए । 

    सम्बन्धित समाचार