Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रतिनिधि सभा बैठक आज बस्दै

    प्रतिनिधि सभा बैठक आज बस्दै


    • मंगलवार, चैत्र ३ २०७७

    • नेपाल वाइड


    प्रतिनिधि सभा बैठक आज बस्दै
    फायल तस्बिर

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनःस्थापति संसदको तेस्रो बैठक आज बस्न लागेको हो । यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि बैठक स्थगित भएका थिए ।

    आजको बैठकमा सरकारले अध्यादेश पेश गर्ने विजनेश दिएको छैन । आज तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने र सभामुख उपस्थित नभएको समय सभाको अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

    सम्बन्धित समाचार