सोमवार, चैत्र २ २०७७
नेपाल वाइड
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएकी छिन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकिय सचिव डा. भेषराज अधिकारीले मंगलबार सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।
पछिल्लो समय देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएकी हुन् । राष्ट्रपतिले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसहित पूर्वप्रधानमन्त्रीहरूलाई पनि बोलाएको स्वकीय सचिव डा. अधिकारीले बताए ।