Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ठगी गरेको आरोपमा पाँचजना पक्राउ

    ठगी गरेको आरोपमा पाँचजना पक्राउ


    • सोमवार, चैत्र २ २०७७

    • नेपाल वाइड


    ठगी गरेको आरोपमा पाँचजना पक्राउ
    प्रतिकात्मक तस्बिर

    काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१, नयाँगाउँ, मितेरी टोलस्थित मितेरीपुलनजिक अवैध रूपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडिरहेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–९, पृथ्वीचोक बस्ने मकवानपुरको बकैया गाउँपालिका–१, आहालडाँडाका ३७ वर्षीय निमा तामाङ, ६० वर्षीय धनबहादुर लामा, ३५ वर्षीय पदमबहादुर लामा, २६ वर्षीय विजय लामा र ३५ वर्षीय जितबहादुर थिङ रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारसमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट चन्दाबापत् उठाएको रकम ४२ हजार ४९१ रुपैयाँ, रसिद ठेली, विभिन्न फाइल तथा रजिष्टरहरु र फोटोसमेत प्रहरीले बरामद गरेको छ । उनीहरुविरुद्ध ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    सम्बन्धित समाचार