Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    दुखद खबर !

    खोटाङमा रुखबाट लडेर एकै दिन दुई जनाको मृत्यु

    खोटाङमा रुखबाट लडेर एकै दिन दुई जनाको मृत्यु


    • सोमवार, चैत्र २ २०७७

    • नेपाल वाइड


    खोटाङमा रुखबाट लडेर एकै दिन दुई जनाको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ । चैत २, खोटाङमा रुखबाट लडेर दुई जनाको मृत्यु भएको छ । घाँस काट्नका लागि रुखमा चढेको अवस्थामा लडेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ४२ वर्षीय उर्मिला थापा र साकेला गाउँपालिका–४ मात्तिम आहालेका ६७ वर्षीय रामबहाखुर खड्काको मृत्यु भएको हो ।

    आइतबार घर नजिकै दुधिलोको घाँस झार्नेक्रममा लडेर गम्भीर घाईते भएकी थापाको जिल्ला अस्पतालमा उपचारकोक्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै, आइतबारकै दिन खन्यूको घाँस काट्नेक्रममा रुखबाट खस्दा खड्काको घट्नास्थलमै मृत्यु भएको मात्तिमका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । खड्का दिर्घ रोगी (प्रेसरको बिरामी) थिए । वडाध्यक्ष भट्टराईका अनुसार मृतक थापा र खड्का साईनोले फुपुभदै हुन् ।

    सम्बन्धित समाचार