Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेसको लक्ष्य आमनिर्वाचन : डा महत

    कांग्रेसको लक्ष्य आमनिर्वाचन : डा महत


    • सोमवार, चैत्र २ २०७७

    • नेपाल वाइड


    कांग्रेसको लक्ष्य आमनिर्वाचन : डा महत
    फायल तस्बिर

    कैलाली । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन् । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताए ।

    उनले भने, “त्यो लक्ष्यबाट दायाँ–बायाँ गर्दैनौँ ।” उनले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अंकगणितले निर्धारण गर्ने जनाए ।

    उनले भने, “त्यो अंकगणित स्वाभाविक रूपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ ।” नेता महतले कांग्रेस अरु कसैको नेतृत्व तथा अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पारे । रासस

    सम्बन्धित समाचार