Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    धुम्बाराहीमा ओली र नेपाल पक्षबीच छलफल सुरु

    धुम्बाराहीमा ओली र नेपाल पक्षबीच छलफल सुरु


    • सोमवार, चैत्र २ २०७७

    • नेपाल वाइड


    धुम्बाराहीमा ओली र नेपाल पक्षबीच छलफल सुरु
    फायल तस्बिर

    काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ओली समूहका नेता सुवास नेम्बाङ र नेपाल समूहका नेता भीम रावल‚ सुरेन्द्र पाण्डे‚ घनश्याम भुसाल पुगेका छन् । वार्ता ११ बजे बस्ने भनिए पनि नेताहरु केही समय ढिला गरेर पुगेका हुन् । दुवै पक्षबीच वार्ता सुरु भएको नेताहरुले बताएका छन् । 

    खनाल-नेपाल समूहले आइतबार ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिष्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो । पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको जनाइएको छ । चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । 

    सम्बन्धित समाचार