Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    माओवादी केन्द्रले केन्द्रीय सदस्य संख्या घटाएर २ सय कायम गर्दै

    माओवादी केन्द्रले केन्द्रीय सदस्य संख्या घटाएर २ सय कायम गर्दै


    • आइतवार, चैत्र १ २०७७

    • नेपाल वाइड


    माओवादी केन्द्रले केन्द्रीय सदस्य संख्या घटाएर २ सय कायम गर्दै
    फायल तस्बिर

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले चार हजारबाट घटाएर केन्द्रीय कमिटी २ सय सदस्यीय कायम गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आइतबारदेखि बसेको बैठकले २ सय केन्द्रीय सदस्य कायम गर्ने निर्णय गरेको हो । बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी हाललाई २ सय नै कायम हुने जानकारी गराएको केन्द्रीय सदस्य युवराज चौलागाईंले बताए ।

    ०७५ जेठ ३ मा नेकपा एमालेसँग एकता गर्दा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीमा माओवादीको भागमा २ सय केन्द्रीय सदस्य थिए । पार्टी एकताअघि माओवादी केन्द्रमा झन्डै ४ हजार सदस्यीय केन्द्रीय कमिटी थियो । आइतबारको केन्द्रीय कमिटी बैठकमा करिब १ सय ८५ जना सहभागी भएका थिए ।

    एमालेसँगको एकतापछि ५ जना केन्द्रीय सदस्यको मृत्यु भएको र १० जना सदस्य अनुपस्थित रहेको उनले बताए । आइतबारको बैठकमा अध्यक्ष दाहालसहित १० जना नेताले धारणा राखेका छन् । बैठकमा पार्टीको नाम फेर्ने, वाम ध्रुविकरण लगायतका एजेन्डा तय भएका छन् ।

    सम्बन्धित समाचार