Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    सञ्चारकर्मी तथा साहित्यकार डा.लम्साल पुरस्कृत

    सञ्चारकर्मी तथा साहित्यकार डा.लम्साल पुरस्कृत


    • आइतवार, चैत्र १ २०७७

    • नेपाल वाइड


    सञ्चारकर्मी तथा साहित्यकार डा.लम्साल पुरस्कृत
    पुरस्कार ग्रहण गर्दै साहित्यकार डा.नवराज लम्साल

    वाग्मती । यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७७ सञ्चारकर्मी तथा साहित्यकार डा.नवराज लम्साललाई प्रदान गरिएको छ ।महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कारवापत रु ५१ हजार र प्रमाणपत्र शनिबार हेटौंडामा आयोजित कार्यक्रममा डा. लम्साललाई प्रदान गरियो ।

    उच्च अदालत पाटन इजलास हेटौंडाका  न्यायाधीश शेषराज शिवाकोटीले  उनलाई पुरस्कृत गर्नुभयो  । धादिङमा जन्मिएका लम्सालले लामो समयदेखि काठमाडौँमा रहेर साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन् । रेडियो नेपालका समाचार प्रमुख डा.लम्सालका कर्ण र धरा दुई महाकाव्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल शीर्षकका कविता सङ्ग्रह र  धुनभित्र धुनबाहिर गीति सङ्ग्रह प्रकाशित  छन् ।

    गत वर्ष रु २१ हजार १ रहेको पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु  ५१ हजार बनाइएको हो । सोही अवसरमा मातृभूमि राष्ट्रिय सम्मान–२०७७ मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष र मकवानपुरे कवि देवराज खरेल तथा मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ मकवानपुरका खोजकर्ता लेखक केदारप्रसाद न्यौपानेलाई  दिइएको छ । कार्यक्रममा मकवानपुरे स्रष्टा कवि दिनेश शर्मा न्यौपानेको कवितासङ्ग्रह ‘एउटा मृत्यु यो पनि’ विमोचन गरिनाका साथै मकवानपुरे स्रष्टाहरुले आआफ्ना रचना वाचन गरेका थिए ।

    सम्बन्धित समाचार