Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    एमाले अध्यक्ष ओलीद्धारा पार्टीका विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर

    एमाले अध्यक्ष ओलीद्धारा पार्टीका विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर


    • शुक्रवार, फाल्गुण २८ २०७७

    • नेपाल वाइड


    एमाले अध्यक्ष ओलीद्धारा पार्टीका विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर
    फायल तस्बिर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले पार्टीमा झलनाथ-माधव पक्षलाई बाइपास गरेर विभाग प्रमुखहरु चयन गरेका हुन् । केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार स्कुल विभाग प्रमुख ओली आफैंले राखेका छन् । संगठन विभाग विष्णु पौडेललाई दिएको छ ।

    प्रचार विभाग प्रमुख तथा प्रवक्ता प्रदीप ज्ञवालीलाई दिइएको छ । कोष तथा आर्थिक विभाग छविलाल विश्वकर्मा । सम्पर्क विभाग प्रमुखको जिम्मेवारी पनि विश्वकर्मालाई दिइएको छ । विदेश विभाग प्रमुखको जिम्मेवारी राजन भट्टराई र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहेका छन् ।

    सम्बन्धित समाचार