Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चितुवाको छालासहित २ जना पक्राउ

    चितुवाको छालासहित २ जना पक्राउ


    • बिहिवार, फाल्गुण २७ २०७७

    • नेपाल वाइड


    चितुवाको छालासहित २ जना  पक्राउ
    प्रतिकात्मक तस्बिर

    काठमाडौँ । प्रहरीले चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ । काठमाडौँकाे लाजिमपाटस्थित उत्तरढोकाबाट प्रहरीले चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाग्लुङ निशि खोलाका २२ वर्षीय सन्तोष बुुढामगर र मोरङ डाँगिआठका माईला भनिने २८ वर्षीय रञ्जित माझि रहेका छन् ।

    चितुवाको छाला अवैध रुपमा ओसारपसार तथा बिक्रीवितरण भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलवार अपरान्ह ४ बजे उनीहरुलाई पक्राउ गरेको हो । चितुवाको छाला थान-१ बरामद गरी निजहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला वन डिभिजन कार्यालय हातिसार काठमाडौ पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित समाचार