Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    खोटाङको जन्तेढुंगामा राखियो एमालेको बोर्ड

    खोटाङको जन्तेढुंगामा राखियो एमालेको बोर्ड


    • बुधवार, फाल्गुण २६ २०७७

    • नेपाल वाइड


    खोटाङको जन्तेढुंगामा राखियो एमालेको बोर्ड
    जन्तेढुंगामा नेकपाको कार्यालयमा राखिएको एमालेको बोर्ड

    खोटाङ । फागुन २६, सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएपछि जिल्ला जिल्लामा आ–आफ्नै पार्टीको बोर्ड राख्ने होड चलेको छ । खोटाङमा पनि साविकको एमालेले जिल्ला कमिटिको पार्टी कार्यालयदेखि पालिका कमिटिको कार्यालयमा एमालेको बोर्ड राख्ने क्रम सुरु गरेको छ ।

    जिल्लाका १० स्थानीय तहमध्ये बुधबार नेकपाको जन्तेढुंगा गाउँपालिका कमिटिको चिसापानीस्थित नेकपाको कार्यालयमा नेकपा उल्लेखित बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले फागुन २३ गते ऋषिराम कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता दिँदै एमाले र माओबादी केन्द्र व्यूँताएपछि एमालेको बोर्ड राखिएको एमालेका जन्तेढुंगा गाउँ पालिका कमिटिका अध्यक्ष याम राईले बताए ।

    एमाले निर्वाचन क्षेत्रीय समन्वय समितिका सदस्य निश्चल खड्का, खोटेहाङ गाउँपालिका कमिटिका सचिव बिकास राई, स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो । तत्कालिन जनयुद्धका बेला एरिया इन्चार्जको भूमीका निर्वाह गरेका शालिकराम कार्की रायन एमालेको बोर्ड राख्नेक्रममा एमालेमै प्रवेश गरेका छन् । एमाले व्यूँतिदा शुभेच्छुक तथा मतदातामा खुसीयाली छाएको अध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार