Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपा एमाले खोटाङको अध्यक्षमा रडाँको

    नेकपा एमाले खोटाङको अध्यक्षमा रडाँको

    एमाले खोटाङको अध्यक्ष स्वतः आफु कायम रहेको चाम्लिङको दावी

    • बुधवार, फाल्गुण २६ २०७७

    • नेपाल वाइड


    नेकपा एमाले खोटाङको अध्यक्षमा रडाँको
    फायल तस्बिर

    खोटाङ । फागुन २६, नेकपा एमाले खोटाङको अध्यक्षमा रडाँको सुरु भएको छ । सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएपछि मंगलबार एमालेको तत्कालिन उपाध्यक्ष रामप्रसाद दंगाललाई जिल्ला अध्यक्षमा मनोनयन गरेपछि तत्कालिन अध्यक्ष बबी चाम्लिङले आफु सो पदमा यथावत रहेको बताएका छन् ।

    बुधबार सामाजिक सञ्जालमार्फत चाम्लिङले हालसम्म पदबाट राजीनामा नदिएको र हालसम्म कुनैपनि जिल्ला अधिबेसन नभएकाले आधिकारिक अध्यक्ष आफै रहेको जानकारी गराएका छन् । पुष्पलाल स्मृति भवनबाट नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखे लगत्तै एमालेको अध्यक्षमा दंगाललाई चयन गरिएको भोलीपल्ट चाम्लिङले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    साविकको एमालेको २०७२ साल बैसाख १३ गते सम्पन्न छैठौं जिल्ला अधिबेसनबाट चाम्लिङ अध्यक्ष र दंगाल उपाध्यक्षमा चुनिएका थिए । सर्वोच्चले एमालेलाई व्यूँताएकाले एमालेको तत्कालिन अध्यक्ष स्वतः आफु कायम रहेको चाम्लिङले दावी गरेका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को जिल्ला कमिटि विस्तारका क्रममा साविकको एमालेको भागमा सचिव परेपछि तत्कालिन अध्यक्ष चाम्लिङले समन्वय समिति प्रमुख तथा प्रदेश कमिटि सदस्य रहेको कारण देखाउँदै सचिवबाट राजीनामा दिएर दंगाललाई अघि सारिएको थियो ।

    ‘उक्त पदबाट राजिनामा नदिएको र तत्पश्चात कुनै जिल्ला अधिबेसन पनि नभएको हुँदा आधिकारिक अध्यक्ष म नै रहेको सम्पुर्णमा जानकारी गराउन चाहन्छु,’ चाम्लिङले लेखेका छन्, ‘पार्टीको आधिकारिक अधिबेसन नभएसम्म वा पार्टीको अन्य सँस्थागत निर्णय नभएसम्मका लागि म नै नेकपा एमालेको जिल्ला अध्यक्ष रहने सम्पूर्णमा जानकारी गराउँदै कोही पनि भ्रममा नपरि पार्टी निर्माणको अभियानमा एकताबद्ध भइ अगाडि बढ्न हार्दिक अपिल गर्दछु ।’

    सर्वोच्च अदालतले फागुन २३ गते ऋषिराम कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता दिएपछि एमाले र माओबादी केन्द्र पुरानै ठाउँमा फर्किन बाध्य बनेको हो । तर, खोटाङमा नेकपाभित्र देखिएको विवाद सर्वोच्चको आदेशपछि एमालेभित्र सरेको छ । अहिले सामाजिक सञ्जालमा समेत गुटगत पक्षपोषणमा टिकाटिप्पणी आइरहेका छन् । यसको प्रत्यक्ष अशर पार्टीको संगठन विस्तार एबं निर्वाचनमा पर्ने आँकलन गर्न थालिएको छ ।

    सम्बन्धित समाचार