Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    एमाले र माओवादी अलग भएको सूचना संसद् सचिवालयमा

    एमाले र माओवादी अलग भएको सूचना संसद् सचिवालयमा

    माओवादी केन्द्र सत्तापक्षकै लहरमा

    • बुधवार, फाल्गुण २६ २०७७

    • नेपाल वाइड


    एमाले र माओवादी अलग भएको सूचना संसद् सचिवालयमा
    फायल तस्बिर

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिइए पनि दुवै पार्टीका सांसदहरु सत्तापक्षकै सिटमा बस्नुपर्ने भएको छ ।निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर दुवै पार्टी साविककै अवस्थामा फर्किएको भन्दै पठाएको पत्र संसद् सचिवालयमा पुगेको छ ।

    तर, सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले माओवादी केन्द्रका सांसद सत्तापक्षको सिटमा बस्नुपर्ने भएको हो । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार नेकपा माओवादी सत्तासाझेदार दल रहेकाले सत्तापक्षमा नै बस्नुपर्ने हुन्छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्दै छ ।

    सम्बन्धित समाचार