बुधवार, फाल्गुण २६ २०७७
नेपाल वाइड
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । यसअघि प्रतिनिधि सभा पुनःस्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो ।
आजको बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची छ । प्रतिनिधि सभा पुनःस्थापना पछि बसेको पहिलो बैठकमा सरकारले अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपा सांसदहरुले विरोध गरेपछि बैठक अबरुद्ध भएको थियो ।