Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    ‘किङ्गमेकर’ को भुमिकामा जसपा : वरिष्ठ नेता राई

    ‘किङ्गमेकर’ को भुमिकामा जसपा : वरिष्ठ नेता राई

    संविधान संशोधनको प्रतिबद्धता सहितको आगामी सरकारलाई समर्थन रहने

    • मंगलवार, फाल्गुण २५ २०७७

    • नेपाल वाइड


    ‘किङ्गमेकर’ को भुमिकामा जसपा : वरिष्ठ नेता राई
    पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता अशोक राई

    खोटाङ । फागुन २५, जनता समाजबादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले संबिधान संशोधन सहितको पुर्वसर्तमा आगामी सरकारमा सहभागी हुने बताउनुभएको छ । सोमबार जनता समाजबादी पार्टी कार्यालय खोटाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राईले संविधान संशोधनको प्रतिबद्धता सहितको आगामी सरकारलाई समर्थन रहने बताएका हुन ।

    नेता राईले भने ‘हाम्रो पार्टीले उठाउदै आएको संबिधान संशोधनको विषयलाई विशेष रुपमा उठाईनेछ, सत्ता समिकरणमा समेत यो विषय ससर्त हुनेछ ।’ सर्वोच्च अदालतको पछिल्लो फैसलाले कुनै पनि दलले जस्तो सुकै सरकार बनाएपनि जसपा ‘किङ्गमेकर’ को भुमिकामा रहेको बताए ।

    नेकपा (माओबादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता फिर्ता लिएको अवश्थामा आगामी सरकार निर्माणको समिकरणमा जसपा निर्णयक भुमिकामा रहने बताए । नेता राईले भने ‘हामीले जस्लाई चाह्यौं, त्यसलाई सरकारमा बसाउन सक्ने हैसियतमा चाही हामी छौ ।’ नेता राईले आफ्नो पार्टीका सांसद रेशम चौधरी जेलमा रहेको तर हिंसाको राजनीतिक गरिरहेको नेत्रविक्रम चन्द विप्लव खुला भइसकेको भन्दै सरकारले कैलालीको टीकापुर घटनापछि थारु समुदायलाई निरुत्साहित पार्ने र उनीहरुलाई घुँडा टेकाउने गरी रेशम चौधरीलाई थुनिरहेको अवस्थामा सरकारमा जान नसकिने बताए ।

    ‘रेशम चौधरी थुनामा हुनुहुन्छ, कमरेड विप्लव खुला हुनुभएको छ । कमरेड विप्लव आफ्नो विश्वास, मान्यता, नीति, कार्यक्रमअन्तर्गत नै हिंसामा हुनुहुन्थ्यो । जबकि रेशम चौधरी शान्तिपूर्ण आन्दोलनका नायक हुनुहुन्थ्यो । र कैलालीमा जुन दुर्घटना भयो, न उहाँ त्यहाँ हुनुहुन्थ्यो न त्यो योजना उहाँले बनाउनुभएको थियो । त्यो अत्यन्त आकस्मिक घटना थियो,’ नेता राईले भने, ‘तर, त्यो आकस्मिकतामा पनि थारु समुदायलाई पुरै निरत्साहित बनाउने, उनीहरुलाई घुँडा टेकाउने, आत्मसमर्पण गराउने तरिकाले सरकारले रेशम चौधरीलाई थुनेर राखेको छ । यहाँनिर न्याय असन्तुलन भइरहेको छ ।

    यी चिजहरुलाई सन्तुलित गर्ने कुरा पनि सरकारमा जाने हाम्रो सर्त हुन सक्दछ ।’ पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता राईले प्रधानमन्त्री केपी शर्मा ओलीले नै नेतृत्व गर्ने सरकारमा जसपा सहभागी नहुने स्पष्ट पारे । उनले भने ‘ओली नेतृत्वको सरकारमा हाम्रो सहभागी हुदैन । जनता समाजबावी पार्टीले बदलिदो राजनितिक परिबेशलाई हेरेर मात्र निर्णय लिन्छ ।’ 

    सम्बन्धित समाचार