Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    सत्ता साझेदारीका लागि जसपाले पाँच सदस्यीय कार्यदल गठन गर्ने

    सत्ता साझेदारीका लागि जसपाले पाँच सदस्यीय कार्यदल गठन गर्ने

    कार्यदलमा रहनेहरूको नाम बुधबार सार्वजनिक गरिने

    • मंगलवार, फाल्गुण २५ २०७७

    • नेपाल वाइड


    सत्ता साझेदारीका लागि जसपाले पाँच सदस्यीय कार्यदल गठन गर्ने
    फायल तस्बिर

    काठमाण्डौ । फागुन २५, सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीले पाँच सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले एमाले,कांग्रेस र माओवादी केन्द्रसँग वार्ताका लागि कार्यदल बनाउने भएको हो ।

    कार्यदलमा रहनेहरूको नाम बुधबार सार्वजनिक गरिने जसपाका सांसद महम्मद इस्तियाक राईले बताए । 'हामीले कार्यदल बनाउने भएका छौं । त्यो कार्यदलले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता अनि लाल आयोगको प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल गर्छ,'उनले भने,'हाम्रा एजेण्डाहरूमा सहमति जनाइएमा सरकारमा जान सकिन्छ ।

    त्यसका लागि हामी सबैसँग छलफल गर्छौं ।'बैठकमा जसपा अध्यक्ष महन्त ठाकुरले सरकारसँग रेशम चौधरीको रिहाइका विषयमा मात्रै कुराकानी भएको जानकारी गराएका थिए ।जसपाका अर्का नेता शरदसिंह भण्डारीले राजनीतिक मुद्दाको आधारमा सहकार्य गरिने बताए ।

    अहिलेको सरकारको अवस्थाबारे समेत स्पष्ट नभएको भन्दै उनले दुई पार्टी अलग भए पनि कानुनी प्रक्रिया पूरा नभइसकेको उनले बताए ।आफूहरूको प्राथमिकता सरकार नभई एजेण्डा भएकोमा संसदीय दलमा एकमत रहेको समेत उनको भनाइ छ । राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टीबीचको एकतापछि जसपा गठन भएको हो । जसपा एकतापछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो ।

    सम्बन्धित समाचार