मंगलवार, फाल्गुण २५ २०७७
नेपाल वाइड
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । देउवा निवास बुढानीलकण्ठमा नेताद्वय देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच आगामी सरकार समीकरण र प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने नल्याउने विषयमा छलफल भएको जनाइएको छ ।
उनीहरुबीच अबको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकेर अध्यक्ष प्रचण्ड छलफलका लागि देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।