Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    ललितपुर मेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने

    ललितपुर मेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने


    • मंगलवार, फाल्गुण २५ २०७७

    • नेपाल वाइड


    ललितपुर मेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने
    फायल तस्बिर

    काठमाडौं । ललितपुर मेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ ।

    सम्झौतापत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउनेछ ।

    टी-२० संरचनामा हुने प्रतियोगितामा ललितपुर मेयर्स-११ सहित पाँच टोलीको सहभागिता हुनेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ । क्यानले अहिले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा पुरुष मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता गराइरहेको छ ।

    सम्बन्धित समाचार