Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रधानमन्त्रीले डाके अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक

    प्रधानमन्त्रीले डाके अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक


    • मंगलवार, फाल्गुण २५ २०७७

    • नेपाल वाइड


    प्रधानमन्त्रीले डाके अपराह्न ४ बजे  मन्त्रिपरिषद बैठक
    फायल तस्बिर

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद बैठक डाकेका छन् । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन् । अपराह्न ४ बजे डाकिएको बैठकका एजेण्डाबारे जानकारी नभएको एक मन्त्रीले जनाएका छन् ।

    माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार जोगाउन कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले यसबारे पनि परामर्श गर्नेछन् । सर्वोच्चको फैसलालगत्तै आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका ओलीलाई कांग्रेस वा जसपासँग गठबन्धन गर्ने भने सजिलो नरहेको जानकारहरू बताउँछन् ।

    ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि रूष्ट बनेका ती दलले ओलीलाई साथ दिएमा मात्र उनको नेतृत्वको सरकारले निरन्तरता पाउँनेछ । संसदमा एमालेसँग १२० सिटबाहेक सरकार बनाउन निर्णायक अवस्थामा रहेका कांग्रेससँग ६३, माओवादी केन्द्रसँग ५३ र जसपासँग ३४ सिट छ ।

    सम्बन्धित समाचार