Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

    १९ जना महिला कर्मचारी सम्मानित

    १९ जना महिला कर्मचारी सम्मानित


    • सोमवार, फाल्गुण २४ २०७७

    • नेपाल वाइड


    १९ जना महिला कर्मचारी सम्मानित
    महिला प्रअलाई सम्मान प्रदान गर्दै खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राई र उपाध्यक्ष कविता राई

    खोटाङ । फागुन २४, खोटाङको खोटेहाङ गाउँपालिकाका महिला प्रअ, स्वास्थ्यचौकीका इन्चार्ज तथा हुलाक इन्चार्जकारुपमा कार्यरत महिला कर्मचारी सम्मानित भएका छन् । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकाभरीका १३ जना महिला प्रअ, ५ स्वास्थ्यचौकीका इन्चार्ज एवं १ जना हुलाक इन्चार्जलाई सम्मान गरिएको हो ।

    प्रअ, स्वास्थ्यचौकीका इन्चार्ज तथा हुलाक इन्चार्जकारुपमा कार्यरत महिला कर्मचारीलाई सोमबार सिमपानी माबिमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई लगायतले दोसल्ला ओढाए सम्मान–पत्र प्रदान गरेका छन् ।
    कार्यक्रम गाउँपालिका उपाध्यक्ष राईको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    गाउँपालिकाको प्रायोजनमा महिला महिमा मञ्च र राधाकृष्ण महिला विकास समितिले आयोजना गरेको कार्यक्रममा सिमपानी क्याम्पस प्रमुख कृष्णश्री राई, क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजन ढकाल, खोटाङ क्याम्पसका सञ्चालक समिति अध्यक्ष राजन बञ्जरा, वडाध्यक्ष चन्द्रबहादुर थापा, सिमपानी माविका प्रअ कृष्णप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

    यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिका, साकेला गाउँपालिका, रावाबेँसी गाउँपालिका लगायतका स्थानीय तहमा विभिन्न कार्यक्रम सहित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

    दिवसकै अवशरमा अखिल नेपाल महिला संघले दिक्तेलमा बैचारिक प्रशिक्षण कार्यक्रम गरेको छ । बैचारिक प्रशिक्षण कार्यक्रमलाई प्रदेश सांसद रामकुमार राई, पुर्वसभाषद दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतले सम्बोधन गरेका थिए ।

    सम्बन्धित समाचार