Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    उद्योग

    खोटेहाङ इन्द्रेणीपोखरीका पाँच स्थानीयको लगानीमा काष्ठ तथा नेपाली कागज उद्योग

    खोटेहाङ इन्द्रेणीपोखरीका पाँच स्थानीयको लगानीमा काष्ठ तथा नेपाली कागज उद्योग

    कागज उद्योगबाट कम्प्यूटरमा प्रयोग हुने फोटोकपी पेपर उत्पादनको तयारी

    • सोमवार, फाल्गुण २४ २०७७

    • नेपाल वाइड


    खोटेहाङ इन्द्रेणीपोखरीका पाँच स्थानीयको लगानीमा काष्ठ तथा नेपाली कागज उद्योग
    इन्द्रेणीपोखरीको कात्तिकेमा दशमी काष्ठ उद्योग र बिश्वज्योती नेपाली कागज उद्योग

    खोटाङ । फागुन २४, गाउँमै उद्यमशिलताको विकासका लागि खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच स्थानीयले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गर्दै आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले इन्द्रेणीपोखरीको कात्तिकेमा दशमी काष्ठ उद्योग र बिश्वज्योती नेपाली कागज उद्योग स्थापना गरेका हुन् ।

    पाँच जनाको पाँच/पाँच लाखको शेयर लगानीमा २०७६ सालमा स्थापना गरिएको उद्योगबाट हाल फर्निचरका सामग्री उत्पादन एवं विक्रीवितरण भइरहेको छ । नेपाली कागज उत्पादनको काम भने अन्तिम चरणमा पुगेको छ । स्थानीय वन/जंगलमा भएका कच्चा सामग्रीलाई उपयोग गर्दै आम्दानीको श्रोत बनाउने र गाउँमै ‘केही गर्न सकिन्छ’ भन्ने उदाहरण देखाएर युवालाई बैदेसिक रोजगारमा जानबाट रोक्नका लागि सामुहिक लगानीमा उद्योग स्थापना गरिएको लगानीकर्ता मध्येका रविनकुमार राईले बताउनुभयो ।

    काष्ठ उद्योगबाट हाल कुर्सी, टेवल, दराज, सोफा लगायतका फर्नीचरका सामग्री उत्पादन तथा विक्रीवितरण भइरहेको छ । विशेषगरी अर्डर आए अनुसारको फर्नीचरका सामग्री तयार पार्ने गरिएको उद्योगका सञ्चालक बताउँछन् । नेपाली कागज उद्योगबाट हाते तथा कम्प्यूटरमा प्रयोग हुने फोटोकपी पेपर उत्पादनको तयारी गरिएको छ ।

    Udyogi Ram Karki.jpg

    काष्ठ उद्योग र कागज उद्योगका लगानीकर्तामध्ये रामकुमार कार्की उद्योगबारे जानकारी दिदै  

    नेपाली कागज उत्पादनका लागि हाल अर्घेली, सेतबरुवा, सिक्रे र पात्लेवहीको छाला संकलन भइरहेको छ । लगानीकर्तामध्ये रामकुमार कार्कीको बुवा कृष्णबहादुर कार्कीले २०३४ सालमा स्थापना गरेकै कागज उद्योगलाई सामुहिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

    उद्योग सञ्चालकले काष्ठ तथा नेपाली कागज उत्पादन सँगै कुटानी पिसानी मिल पनि सञ्चालन गरिरहेका छन् । माछा र हाँस पालनका लागि उद्योग नजिकै तीन वटा पोखरी निर्माण गरिएको छ । पोखरीमा हाल्नका लागि हाँसका बच्चा ल्याइसकिएको छ । यस बाहेक तरकारी खेती पनि गर्ने लक्ष्य राखिएको उद्योगका लगानीकर्तामध्येका रामकुमार कार्कीले बताउनुभयो ।

    रामकुमारले बैदेसिक रोजगारीका सिलसिलामा मलेसियामा ७ वर्ष बिताएका थिए । मलेसिया बसाईकाक्रममा गरेका इलेक्ट्रिक मेकानिकको सीपलाई उनले गाउँमा स्थापना गरिएको उद्योगमा उपयोग गरिरहेका छन् । यस्तै, ५ वर्ष कोरिया बसेका कप्दान पनि ‘आफ्नै थाँतथलोमा केही गरौं’ भन्ने लक्ष्यका साथ उद्योग स्थापनामा सामेल भएका हुन् ।

    सम्बन्धित समाचार