Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    एमाले व्यूँताएको खुसीयालीमा दिक्तेलमा दिप प्रज्वलन

    एमाले व्यूँताएको खुसीयालीमा दिक्तेलमा दिप प्रज्वलन


    • आइतवार, फाल्गुण २३ २०७७

    • नेपाल वाइड


    एमाले व्यूँताएको खुसीयालीमा दिक्तेलमा दिप प्रज्वलन
    दिपप्रज्वलनपछि सामुहिक तस्बिर खिचाउँदै साविक एमालेका नेता तथा कार्यकर्ता

    खोटाङ । फागुन २३, सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले व्यूँताएको खुसीयालीमा खोटाङमा दिप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतले आईतबार केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपालाई खारेज गर्दै एमाले र माओबादी केन्द्रलाई व्यूँताएको खुसीयालीमा साविक एमालेका नेता तथा कार्यकर्ताले दिप प्रज्वलन गरेका हुन् ।

    सर्वोच्चले ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिँदै साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताएको स्वागतमा साविक एमाले (ओली समुह)का नेता तथा कार्यकर्ताले पुष्पलाल स्मृति भवन र पुष्पलालको प्रतिमा आसपासमा दिप प्रज्वलन गरेका हुन् । दिप प्रज्वलन सँगै साविक एमालेका नेता तथा कार्यकर्ताले ‘सही पनि एमाले, मै पनि एमाले’ बोलको चुनावी गीत घन्काउँदै खुसीयाली मनाएका छन् ।

    उनीहरुले ‘नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए । दिप प्रज्वलनपछि पुष्पलाल स्मृति भवन अगाडि र त्रिबेणीचौकमा आयोजना गरिएको कोणसभालाई साविक एमालेका उप–सचिव कुमार आचार्य र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सम्बोधन गरेका थिए ।

    संसद विघटनपछि नेकपाभित्र निम्तिएको विवादकाक्रममा बन्द रहेको पुष्पलाल स्मृति भवन पनि साविक एमालेका नेता तथा कार्यकर्ताले खोलेका छन् । कार्यक्रममा दाहाल–नेपाल समुहमा लागेका साविक एमालेका नेता तथा कार्यकर्ता भने अनुपस्थित थिए ।

    सम्बन्धित समाचार