Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    ओली-प्रचण्डले नयाँ दलका लागि निवेदन दिनुपर्छ : आयुक्त थपलिया

    ओली-प्रचण्डले नयाँ दलका लागि निवेदन दिनुपर्छ : आयुक्त थपलिया


    • आइतवार, फाल्गुण २३ २०७७

    • नेपाल वाइड


    ओली-प्रचण्डले नयाँ दलका लागि निवेदन दिनुपर्छ : आयुक्त थपलिया
    फायल तस्बिर

    काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अरुले नै दर्ता गराइसकेकाले कानुन अनुसार अब खारेज नहुने समेत उनले बताएका छन् । साविक एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा बनेको र त्यसपछि पूराना नाम अरुले नै दर्ता गरिसकेकाले अब खारेज गर्न नमिल्ने बताएका छन् । 

    उनले अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दलका लागि निवेदन दिनुपर्ने बताए । यद्यपि, दलको नामका विषयमा सबै ओली–प्रचण्ड र एमाले दर्ता गराएकी सन्ध्या तिवारी तथा माओवादी केन्द्र दर्ता गराएका गोपाल किरातीसँग छलफल गर्न सकिने बताए । 

    ‘हामीले यो बिचमा नेकपा एमाले र माओवादी केन्द्रको नाम अरुलाई दिएर दल दर्ता नै गरिसकेका छौं । यसरी दर्ता भएका दललाई चुनाव चिन्हसमेत दिइसकेका छौं । संविधान र कानुनले दर्ता भइसकेको दललाई खारेज गर्न मिल्दैन,’ उनले भने । आइतबार सर्वाेच्च अदालतले ऋषिराम कट्टेलको रिटमा फैसला सुनाउँदै नेकपा उनकै नामको हुने बताएको छ । 

     

    सम्बन्धित समाचार