Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    सर्वोच्चको निर्णयपछि आन्तरिक छलफलमा प्रचण्ड–नेपाल समूह

    सर्वोच्चको निर्णयपछि आन्तरिक छलफलमा प्रचण्ड–नेपाल समूह


    • आइतवार, फाल्गुण २३ २०७७

    • नेपाल वाइड


    सर्वोच्चको निर्णयपछि आन्तरिक छलफलमा प्रचण्ड–नेपाल समूह

    काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिको बारेमा आफूहरु आन्तरिक छलफलमा रहेको र कानूनी परामर्शमा रहेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई निकास दिन आफूहरू लाग्ने समेत बताए ।

    त्यस्तै उनले अब केपी ओली सत्तामा रहन नसक्ने तर्क समेत गरे । उनले अब कसरी अघि बढ्ने बारेमा छिटै निष्कर्षमा पुगिने बताए । साथै उनले सरकारले ल्याएको अध्यादेशमा आफूहरूको असहमति रहेको पनि बताए ।

    पूर्वप्रधानमन्त्री माधव नेपालले सर्वोच्चको निर्णयपछि केपी ओली प्रधानमन्त्री पदमा रहन नमिल्ने धारणा राखे । उनले तत्कालीन नेकपा एमाले पनि ओलीको नभएर आफूहरूको भएको दाबी गरे । सर्वोच्चको निर्णयप्रति आफुहरु छलफलमा रहेको उनले बताए ।

    सम्बन्धित समाचार