Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    क्यान्सरको उपचारका लागि मंगलटारकी २३ वर्षीय सविताको याचना

    क्यान्सरको उपचारका लागि मंगलटारकी २३ वर्षीय सविताको याचना

    आफन्तले सुरु गरे ‘सविता थापा उपचार सहयोग अभियान’

    • शनिवार, फाल्गुण २२ २०७७

    • नेपाल वाइड


    क्यान्सरको उपचारका लागि मंगलटारकी २३ वर्षीय सविताको याचना
    अस्पतालको बेडमा क्यान्सरबाट पिडित सविता थापा

    खोटाङ । फागुन २२, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारकी २३ वर्षीय सविता थापाले क्यान्सरको उपचारका लागि सहयोगको याचना गरेकी छन् । टिचिङ अस्पतालले निधारमा भएको क्यान्सरको उपचारका लागि कम्तीमा १० लाख खर्च लाग्ने बताएपछि क्यान्सर पिडित सविताले सहयोगको याचना गरेकी हुन् । क्यान्सर पिडित सविताको हाल टिचिङ अस्पतालमा उपचार भइरहेको छ । क्यान्सरको निदानका लागि उनलाई किमो दिने तयारी भइरहेको आफन्तले बताएका छन् ।

    गत भदौमा निधारभन्दा केहीमाथि निस्किएको फोका बढ्दै गएपछि परिक्षणकाक्रममा सवितालाई क्यान्सर भएको पूष्टी भएको हो । निधारमाथि निस्किएको मासुको फोका क्रमशः बढ्न थालेपछि उनी गत मंसिरमा १४ हजार ऋण काढेर काठ्माण्डौं पुगेकी थिईन् । काठ्माण्डौंमै रहेकी दिदिसँग अन्नपूर्ण न्यूरो अस्पतालमा पुगेकी सवितालाई अप्रेसन गर्न ३ लाख खर्च लाग्ने बताएपछि खर्च जम्मा गर्न नसक्ने भन्दै कोठा फर्किएकी थिईन् । तर, आफन्तको सल्लाहमा पुःन ग्रिनसिटिमा गएर समस्या परिक्षण गराईन् ।

    पलाएको मासु ग्रिनसिटीमा अप्रेसन गरेर निकालेर परिक्षणमा पठाइए । ग्रिनसिटिकै डाक्टरले १० दिनपछि रिपोर्ट लिन टिचिङ अस्पतालमा बोलाए । टिचिङमा पुगेपछि मात्र सवितालाई क्यान्सर भएको पूष्टी भएको जानकारी दिइएको थियो ।
    क्यान्सर भएको पूष्टी भएपछि सविता गत फागुन ११ गतेदेखि टिचिङ अस्पतालमै बसिरहेकी छन् । आर्थिक अवस्था कमजोर भएका सविताको उपचारकाक्रममा हालसम्म डेढ लाख खर्च भइसकेको छ ।

    घरमा ६ वर्षकी छोरी र ४ वर्षका छोरालाई छाडेर उपचारमा गएकी सवितालाई क्यान्सरको जति चिन्ता छ, उत्तिकै चिन्ता छ उपचार खर्चको । उपचारमा संलग्न डाक्टरले सय जनामा एक/दुई जनालाई देखिने क्यान्सर देखिएको बताएको सविता बताउँछिन् । ‘सय जनामा दुई जनालाई यस्तो खालको क्यान्सर हुन्छ भन्नु भयो । यसको बेलामा उपचार भएन भने शरीरका विभिन्न भागमा पनि फैलिन सक्छ रे,’ सविताले भनिन्, ‘ऋण खोजेर काठ्माण्डौं पुगेको, डेढ लाख ऋण लागिसक्यो । उपचार गर्दा १० लाख खर्च लाग्छ भनेको छ । अवको जीवन–मरण शुभेच्छुकको साथ र सहयोगमा निर्भर छ ।’

    आफन्तले सुरु गरे ‘सविता थापा उपचार सहयोग अभियान’

    क्यान्सर पिडित सविता थापाको उपचारका लागि रकम जुटाउन सहयोग अभियान थालिएको छ । क्यान्सरको उपचारकाक्रममा लाग्ने खर्च आफै जुटाउनसक्ने अवस्था नभएकाले आफन्तले ‘सविता थापा उपचार सहयोग अभियान’ थालेका हुन् । हाल सहयोग रसिद तयार पारेर सहयोग अभियान थालिएको आफन्त सन्तोष राईले बताए ।

    सम्बन्धित समाचार