Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    उद्यम

    हलेसीमा मकैको खोसेलाबाट झोलादेखि डायनिङ म्याट !

    हलेसीमा मकैको खोसेलाबाट झोलादेखि डायनिङ म्याट !

    खोसेलाका सामग्री चिनसम्म निर्यात गर्ने लक्ष्य

    • शुक्रवार, फाल्गुण २१ २०७७

    • नेपाल वाइड


    हलेसीमा मकैको खोसेलाबाट झोलादेखि डायनिङ म्याट !

    खोटाङ । फागुन २१, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका महिला मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्न सक्षम बनेका छन् । मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको श्रोत बनाउने लक्ष्यका साथ हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको एक महिने तालिम लिएपछि स्थानीय ३० महिला मकैको खोस्टाबाट कम्तीमा १० प्रकारका आकर्षक सामग्री उत्पादन गर्न सक्षम बनेका हुन् ।

    Khosela Nagar.jpg

    मकैको खोसेलाबाट घरायसी सामान निर्माण सम्वन्धी तालिम समापनक्रममा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर विमला राईलगायत सहभागीहरु

    स्थानीय महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले ‘गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तरगत खोस्टाबाट घरायसी काममा उपयोगी सामग्री उत्पादन सम्वन्धी एक महिने तालिमको आयोजना गरेको हो । मकै खोसेलेपछि गाईवस्तुलाई खुवाउनमा उपयोग भइरहेको खोस्टाबाट आकर्षक र उपयोगी सामग्री उत्पादन गर्ने तथा विक्री वितरण गर्दै आम्दानीको दिगो श्रोत बनाउने उपायको खोजीमा सोसँग सम्वन्धित तालिमको आयोजना गरिएको हो ।

    goods from khosela-khosta (trained) photo_khotang2.jpg

    मकैको खोसेलाबाट निर्मत घरायसी सामाग्रीहरु

    तालिममा सहभागी महिला खोसेलाबाट झोला, डोर म्याट, चप्पल, ढाकी, ह्याट, टि–म्याट, फूलदानी, पिरा, डायनिङ म्याट, चकटी, पूजाका सामग्री बोक्ने झोला लगायतका सामग्री उत्पादन गर्न सक्ने भएका छन् ।  त्रि–धार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा दर्शनार्थीले हलेसीको चिनोकारुपमा खोस्टाको आकर्षक सामग्री खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ महिलालाई सोसँग सम्वन्धित तालिम दिइएको मेयर इवन राईले बताउनुभयो ।

    goods from khosela-khosta (trained) photo_khotang3.jpg

    मकैको खोसेलाबाट निर्मत घरायसी सामाग्रीहरु सहित सहभागी

    लघु उद्यम सम्वन्धी ८ दिनको तालिम दिए लगत्तै काठ्माण्डौंबाट तीन जना प्रशिक्षकलाई ल्याएर उनीहरुलाई खोसेलाको सामग्री उत्पादन सम्वन्धी तालिम दिइएको हो । तालिम बिहिबार नगरपालिकाका मेयर इवन राई, उपमेयर बिमला राई र प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईको उपस्थितिमा समापन गरिएको छ । तालिममा सहभागीले १२ हजार ६३० रुपैयाँको सामग्री बिक्री गरेका छन् । क्रमशः हलेसी, धितुङ लगायतका वडामा पनि खोसेलाको सामग्री तयार पार्ने सीप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ ।

    खोसेलाका सामग्री चिनसम्म निर्यात गर्ने लक्ष्य

    नगरपालिकाका अनुसार तालिममा सहभागीले व्यक्तीगत वा सामुहिकरुपमा खोस्टाको सामग्री उत्पादन गर्ने छन् । खोस्टाबाट निर्माण गरिएका सामग्री छिमेकी देश चिनसम्म निर्यात गर्ने महत्वकांक्षी लक्ष्य राखिएको छ । खोस्टाबाट उत्पादित सामग्रीको मूल्या नगरपालिकाले निर्धारण गर्ने बजारीकरणमा सहयोग गर्ने उपमेयर राईले बताउनुभयो ।

    सम्बन्धित समाचार